Google search engine
Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTमाओत्सेको ‘शिरसुवा’ मिडटाउन सिनेमामा प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

माओत्सेको ‘शिरसुवा’ मिडटाउन सिनेमामा प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

माओत्सेको ‘शिरसुवा’ मिडटाउन सिनेमामा प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

२०७७ चैत ६ गते | मणी सरब्ज तमु पोखरा । गुरुङ र नेपाली फिल्मका लेखक, निर्देशक एवं अभिनेत माओत्से गुरुङ निर्देशित फिल्म ‘शिरसुबा’ गुरुङ फिल्म आज शुक्रबारबाट प्रदर्शन भएको छ । रिलिजको पूर्वसन्ध्या देखि अनलाइन टिकट खुला भएको छ ।

पोखराको मल्टिप्लेक्स मिडटाउन सिनेमामा फिल्म प्रदर्शन भएको हो । कोरोनाभाइरस महामारीपछि गुरुङ फिल्महरु नियमितरुपमा व्यवसायिक थिएटरमा रिलिज भैरहेका छन् ।

बिमल गुरुङको निर्माण, माओत्सेको लेखन र/ निर्देशन र सुसन प्रजापतिको सिनेम्याटोग्राफी रहेको फिल्म शिरसुबा नामक एक गुरुङ युवतीको कथावस्तुमा आधारित छ । शंकर र शिरसुवा नामक दुई पात्रको प्रेम वरपर फिल्म घुम्छ । बाध्यताले प्रेमी बिदेशिँदा प्रेममा सिर्जना हुने विछोड यसको कथ्य हो ।

प्रेममा वैदेशिक रोजगारीको प्रभाव फिल्मले प्रस्तुत गर्छ । मूलधारको नेपाली भाषी फिल्ममा समेत स्थापित माओत्सेले एकसाथ गुरुङ भाषी फिल्ममा समेत सक्रियता देखाइरहेका छन् । च्यारिटी प्रदर्शन शैलीमा अभ्यस्त गुरुङ फिल्मलाई मेनस्ट्रिम दर्शकमाझ लैजान भाइरस प्यान्डेमिकपछि गुरुङ फिल्म एसोसिएसनले हलमा रिलिज गरेको हो ।

जिफानले कम्तीमा १५ फिल्मको लाइनअप घोषणा गरिसकेको छ । उसले आगामी वर्षमा अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने र गैरगुरुङ दर्शक खोज्ने उद्देश्य पनि लिएको छ ।

अब गुरुङ फिल्म पार्टी प्यालेसमा महँगो टिकट किनेर होइन सुबिधा सम्पन्न फिल्म हलमा सस्तो टिकट किनेर हेर्ने हो भनि निर्देशक गुरुङले र जिफनका अध्यक्ष भोज बहादुर गुरुङले बताए ।

 

************************

घान्द्रुक , काठमन्डौ पोखरा को भमर कोट को प्रदर्शन पछी आज चैत्र ६ गते सुक्रबार बाट मिड टाउन्, फिल्म हल मा प्रदर्शन हुँदै छ चल चित्र शिर सुबा ।

कोइ छुट्टिनु भयो कि ? ? भ्रेज मेश्रो प्रोडक्सन घान्द्रुकको “ भ्रे “ को अपार सफलता पछी दोश्रो चलचित्र घान्द्रुकको सेरो फेरोमा छायन्कन भएको चलचित्र “ शिरसुबा “ घान्द्रुक्, काठमन्डौ र पोखराको भमरकोट पार्टी प्यालेसको प्रदर्शन पछी निम्न समय र स्थानमा प्रदर्शन हुन गएको जान्कारी यहाँहरु लाई दिदै फिल्म हेर्न छुट्नु भएको र फिल्म हेरी सक्नु भएको र फेरी हलको पर्दामा हेर्ने इच्छा हुनु हुने यहाँहरुलाई फेरी एक पटक निम्तो दिन चाहन्छु ।

गुरुङ फिल्म “शिरसुबा” स्थान : मिडटाउन सिनेमा, न्यु रोड, सभागृह चोक पोखरा

प्रदर्शन समय : दिउसोको 1 बजे र 3 बजे Show Time : 1:00 p.m / 3:00 p.m

टिकट दर : चैत्र ६, सुक्रबार्: रु ३५० चैत्र ७, सनिबार : रु ३५० चैत्र ८, आइत बार : रु २५० चैत्र ९, सोम बार : रु २५०

अग्रिम टिकट बुकिङको लागि धन बहादुर गुरुङ (ड्ब्) ९८४६०२२४४७

(प्रोडक्सन म्यानेजर्) अमृत गुरुङ ( लामा ) र ९८५६०४८८८८ ( हेड ओफ मर्केटीङ )

निर्देशक : माओत्से गुरुङ निर्माता : बिमल गुरुङ

 

Photo Gallery

{AG}gurung-film-shirsuba{/AG}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments