Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONमाइला–कान्छाले अपांग(फरक क्षमता भएका) ३८ जनालाई नगद सहयोग गरे

माइला–कान्छाले अपांग(फरक क्षमता भएका) ३८ जनालाई नगद सहयोग गरे

माइला–कान्छाले अपांग(फरक क्षमता भएका) ३८ जनालाई नगद सहयोग गरे
पोखरा, १७ जेठ
लकडाउन लम्बिदै गएपछि विपन्न, असहाय, अपांग(फरक क्षमता भएका), दैनिक ज्याला मजदुरी गर्ने, सुत्केरी, गर्भवती, एकल महिला लगायत अति प्रभावित हुदै गएको महसुस गरी सामाजिक अभियन्ता समाजसेवीद्वय पार्वती गुरुङ(माइला) र माया गुरुङ(कान्छा)ले माइला–कान्छा लकडाउन राहत वितरण अभियान सञ्चालन गरी समस्यामा परेकाहरुका लागि राहत वितरण गर्दै आउनुभएको छ। एकै दिनमा दुइ तिन स्थानमा मात्रै नभएर समस्यामा परेका पोखरेलीको घर घरै पुगेर राहत वितरण गरिरहनुभएको छ।
आज बिहान पोखरा ९ नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा ४२ जना सुत्केरी, गर्भावती, एकल महिलालाई राहत वितरण गर्नुभएको थियो भने दिउसो पोखरा महानगरपालिका वडा नं.१५ को वडा कार्यालय परिसरमा अपांगता(फरक क्षमता भएका)३८ जनालाई राहत वितरण गर्नुभयो। अपांगहरुलाई राहत खाद्यान्न नभई नगदै राहत वितरण गरिएको थियो। वडाबाट खाद्यान्न राहत प्राप्त गरिसकेका अपांगहरुलाई स्वास्थ्योपचार, अत्यावश्यक सामाग्री खरिदका लागि सघाउन पुगोस् भनेर जनही १ हजार ५ सय र केहीलाई अवस्था हेरी रकम थप गरी ५८ हजार ५ रुपैया नगद वितरण गरिएको हो। ३० जना अपांगलाई नगद वितरण गर्ने योजनाका साथ बडा कार्यालय परिसर पुग्नु भएका माइला–कान्छा लकडाउन राहत वितरण टिमले आँखाभरी आँसु झार्दै अपांगहरु र सुत्केरी कार्यक्रमस्थलमा अनुरोध पश्चात सबैलाई राहत वितरण गरिएको थियो।
अपांगता(फरक क्षमता भएका) क्षेत्रमा लामो समयदेखि कार्यरत समाजसेवी जुना गुरुको संयोजनमा भएको कार्यक्रममा अपांग(फरक क्षमता भएका)हरुलाई पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेल, अभियन्ता पार्वती गुरुङ(माइला), अभियन्ता माया गुरुङ(कान्छा), सहयोगी धर्मावती गुरुङ लगायतले नगद वितरण गर्नुभएको थियो।
राहत स्वरुप नगद प्राप्त भए पश्चात अत्यन्तै खुशी बनेका अपांगहरुले उक्त रकम आफुहरुले अत्यन्तै आवाश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, कोठा भाडा तिर्ने, खाद्यान्न त अरुबाट पनि प्राप्त भएको छ ग्यास खरिद गर्छ भन्ने प्रतिक्रियाहरु दिएका थिए। उनीहरुले सहयोगदाताहरु र सहयोगका लागि माध्यम बन्नुभएका माइला–कान्छालाई धेरै धेरै धन्यवादका साथै सधै आर्शिवाद प्रदान गरिरहने बताएका थिए।
 
अपांगहरुलाई राहत वितरणका लागि सोलुखुम्बु नेच्या सल्यान २ दोदी गाउ भई लण्डन प्लमस्टेड कमन निवासी बेलबहादुर÷तुलमाया राईले १३ हजार, स्याङ्जा दरौ पुरानो गाँउ र युके लण्डन ग्रिन फोर्ड निवासी चन्द्रबहादुर÷चन्द्रवती गुरुङको परिवारले १० हजार, दरौ गाउ भई लण्डन ग्रिनफोर्डमा रहनु भएका चन्द्रबहादुर-सुर्य गुरुङ, ओमकार गुरुङले १० हजार, दरौ गाँउ भई पोखरा निवासी सुवेदार मेजर भुर्णबहादुर÷जलदेवी गुरुङले ५ हजार, स्याङजा आरुखर्क टोर्के निवासी टेकबहादुर-बिमला गुरुङको परिवारले ५ हजार, दरौ गाँउ भई पोखरा निवासी सुवेदार मेजर जयराजा-मञ्जु गुरुङ, विश्वास गुरुङबाट ५ हजार, कालाबाङ घरेडी गाँउ भई लण्डन प्लमस्टेड निवासी बेनीबहादुर-बेलकुमारी गुरुङले ५ हजार ५ रुपैया, फेदीखोला देउराली गाउ भई युके फेल्थाम निवासी कुशु गुरुङले ५ हजार रुपैया सहयोग गर्नुभएको अभियन्ता पार्वती गुरुङ(माइला)ले जानकारी दिनुभयो।
 
उक्त कार्यक्रमका वडाध्यक्ष प्रकाश पौडेलले शुभकामना व्यक्त गर्नुहुदै संकटको बेला मानवसेवा गर्नुभएकोमा सहयोगदाता र माइला–कान्छाको पहलको प्रशंसा गर्नुभयो। वडा नं. १५ मा समस्यामा परेका, विपन्न, अपांग, एकल महिला, सुत्केरी सबैलाई राहत वितरण गरिसकेको जानकारी दिनुहुदै नगदै सहित अत्यावश्यक सामग्री खरिद, स्वास्थ्योपचारमा सघाउन अभियन्ताहरुलाई वडामा स्वागत गर्नुभयो।
 
समाजिक अभियन्ता पार्वती गुरुङ(माइला)ले अत्यन्तै समस्यामा परेका र जस्लाई राहतको आवाश्यक थियो उनीहरुलाई राहत वितरणले सहयोगी हातहरु थपिदै गएको जानकारी दिनुभयो।
 
सामाजिक अभियन्ता माया गुरुङ(कान्छा)ले राहत आवाश्यकहरुलाई सहयोग गर्न पाउदा उनको खुशीले आफुहरुलाई सन्तुष्टि मिल्ने र सेवा गर्ने थप उर्जा प्राप्त भएको बताउनुभयो।
 
कार्यक्रम संयोजक जुना गुरुङले सहयोगका लागि अत्यन्तै आवाश्यक अपांग छनौट गरी राहत प्रदान गर्न पाउदा सहयोगीहरु र अभियन्ताहरुलाई धेरै धेरै आभार व्यक्त गर्नुभयो।
फोटो एल्बम :
{vsig}photos/apanga-maaila-kanchha-rahat/{/vsig}
 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments