Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSमहिला क्रिकेटमा, एपीएफ र सुदुर पश्चिम प्रदेश विजयी

महिला क्रिकेटमा, एपीएफ र सुदुर पश्चिम प्रदेश विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिम प्रदेश विजयी भएका छन् । मंगलबार पोखरा रंगशालामा भएको पहिलो खेलमा एपीएफले वागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो । वागमतीले पहिला व्याटिङ गर्नुका साथै पूरा २० ओभर खेल्दै ७ विकेटमा ८९ रन जोडेको हो । विजयीका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी गरेका हुन् । व्यटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाउनुभएको थियो ।

त्यसैगरी मागमतीको तर्पmबाट अस्मिना कर्माचार्यको अविजित १९ र सुमन खतिवडाले १९ रनको पारी खेल्नुभएको थियो । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान एक एक विकेट हात पार्नुभएको थियो भने, बागमतीका बलरहरु सोनी पाख्रिन र सुमन खतिवडाले समान २÷२ र अस्मिना कर्माचार्यले १ विकेट लिनुभएको थियो । प्रतियोगितामा नेरी थापा प्लेयर अफ द म्याच हुनुभएको छ । दोस्रो प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । पहिला व्याटिङ गरेको गण्डकीले पुरा २० ओभर खेल्दै, ५ विकेटको क्षतिमा ५९ रन बनाएको थियो । गण्डकीको तर्पmबाट श्रृष्टि जैशिले २८, ज्योत्स्निका मरासिनीले ७, सिमाना केसीले ६, सिला क्षेत्रीले ६ रन बनाउनुभएको थियो ।

त्यसैगरी सुदुर पश्चिमको बलिङतर्पm रितु कनौजियाले २ र अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक एक विकेट लिनुभएको थियो । जितका लागि ६० रनको लक्ष्य सहित मैदानमा उत्रिएको सुदुर पश्चिम प्रदेशले १०.२ ओभरमा ४ विकेट गुमाउँदा विजयी प्राप्त भएको थियो । व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै ३ चौकाको मद्धतमा २२ रन बनाउनुभयो । त्यसैगरी स्नेहा महराले २७ बलमा ४ चौका सहित २१ रन हान्नुभएको थियो । गण्डकीका बलरहरु शिला क्षेत्रीले २, श्रृष्टि जैशिले १ विकेट लिनुभएको थियो भने, प्रतियोगितामा सुदुर पश्चिम प्रदेशकी रितु कनौजिया प्लेयर अफ द म्याच हुनुभएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments