Sunday, May 29, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमहिला उद्यमी संघ, कास्कीको अध्यक्षमा रेग्मी

महिला उद्यमी संघ, कास्कीको अध्यक्षमा रेग्मी

महिला उद्यमी संघ, कास्कीको अध्यक्षमा रेग्मी
पोखरा, १६ चैत्र
महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा पार्वती पौडेल रेग्मी सर्वसम्मत चयन हुनुभएको छ ।

सोमबार सम्पन्न संघको छैठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी चयन हुनुभएको हो । त्यसैगरी, प्रथम उपाध्यक्षमा प्रतिभा गैरे, द्वितीय उपाध्यक्षमा शारदा बराल ‘सरु’, महासचिवमा एलिना बराल र कोषाध्यक्षमा चन्द्रा शर्मा चयन हुनुभएको छ । अरु सबै पदमा सर्वसम्मत भएपनि कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । कोषाध्यक्षमा निर्वाचित चन्द्रा शर्माले १८ मत र पराजित भएकी गोमा आचार्यले ८ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, दुई जना सदस्यमा मीना प्रधान र बालकुमारी गुरुङ चयन हुनुभएको छ । नौ सदस्यीय कार्यसमितिको बाँकी दुई जना सदस्य पछि मनोनित गरिने संघका प्रावधान रहेको छ । संघकी सल्लाहकारद्वय सीता गुरुङ संयोजक र कुलदेवी बराल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको हो ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले महिलाहरूलाई आत्मनिर्भर बनाउन र उद्यमशील बनाउन आफ्नो नेतृत्वमा महिला उद्यमी संघ कास्कीको स्थापना गरेको बताउनुभयो । महिलाहरू आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्ने बताउँदै प्रदेशसभा सदस्य गुरुङले उत्पादनमा अनिवार्य जोडिनुपर्ने उल्लेख गर्नुभयो । साथै, उहाँले अब हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता गराउनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो ।

संघकी सल्लाहकार कुलदेवी बराल, सीता गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश महिला उद्यम विकास समितिकी संयोजक रामकली खड्का, पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य शोभा गौतम रसम्पूर्ण वडा इकाईहरूको तर्फबाट मीना प्रधानले महिला सशक्तिकरण र उद्यमशीलताका बारेमा बोल्नुभएको थियो ।

निवर्तमान अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रतिभा गैरे र प्रथम उपाध्यक्ष पार्वती पौडेल रेग्मीले स्वागत गर्नुभएको थियो । अधिवेशनले महासचिव प्रतिभा गैरेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा बराल ‘सरु’द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कार्यक्रममा महिला उद्यमी संघ, कास्कीलाई विभिन्न क्षेत्रमा योगदान दिने व्यक्ति तथा संघसंस्थालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’, रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखराकी वरिष्ठ समाचार सम्पादक शान्ति गुरुङ, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङ, गोर्खा एण्ड बराह ज्वेलर्सका हरि धमला, संघका सल्लाहकारद्वय सीता गुरुङ र कुलदेवी बराल, एभरेष्ट इन्स्टिच्युटका महेश श्रेष्ठ, फोटो पत्रकार मणि गुरुङ, माया गुरुङ, बाबुराम रेग्मी, ठाकुरप्रसाद बराल, सुवास पौडेल र देवी सेन रहनुभएको छ । हाल हङकङमा रहनुभएका सम्मानित दुर्गा गुरुङ “मिलन”को सम्मान मिलन ट्रष्टकी संरक्षक रहनुभएकी उहाँकी आमा सावित्री गुरुङले ग्रहण गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments