Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNमगर संघ कोरियाद्वारा बिरामी तथा मृतक परिवारलाई ७७ लाख ६४ हजार वन...

मगर संघ कोरियाद्वारा बिरामी तथा मृतक परिवारलाई ७७ लाख ६४ हजार वन आर्थिक सहयोग

मगर संघ कोरियाद्वारा बिरामी तथा मृतक परिवारलाई ७७ लाख ६४ हजार वन आर्थिक सहयोग

दक्षिण कोरियामा सामाजिक कार्यमा अग्रस्थानमा रहेको संस्था नेपाल मगर संघ दक्षिण कोरियाले हालसालै मात्र कोरियामा रहेका बिभिन्न बिरामी तथा कोरियामै मृत्यु भएकाहरुको परिवारलाइ नेपालमा एक मुष्ट गरी ७७,६४,००० वन (करिब ७ लाख ६ हजार रुपैंया) आर्थिक सहयोग गरेको छ । 


कलेजो सम्बन्धी बिरामीद्धय बाग्लुङका निर्मल श्रीस मगर र स्याङ्जाका सुर्य थापा मगरलाई संस्थागत जनही ७/७ लाख वन सहयोग गरिएको हो भने कोरियामा विभिन्न कारणले मृत्यु भएका म्याग्दीका डम्बर पुर्जा मगर र जस बहादुर पुन मगरको परिवारलाई जनही ५/५ लाख वन सहयोग गरेको छ । त्यसैगरी मृगौला सम्बन्धी बिरामी सिन्धुलीकी याम कुमारी थापा मगरलाई संस्थागत ७ लाख वन र कोरियामा रहेका मगर संस्थाहरु नेपाल मगर संघ दक्षिण कोरिया (केन्द्र)को आर्थिक अभियानबाट उठेको २८ लाख ५ हजार वन, नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको आर्थिक अभियान बाट उठेको ७ लाख २ हजार वन र नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको आर्थिक अभियानबाट उठेको ११ लाख ५७ हजार वन गरी एकमुष्ट ५३ लाख ६४ हजार वन सहयोग गारिएको  छ ।

 
सहयोग रकम बिरामीकै हातमा र परिवारको हातमा संस्थाका प्रमुख सल्लाहकार होबिर थापा मगर, सल्लाहकार तथा थेगु शाखा संरक्षक नगेन्द्र मगर,सल्लाहकार जितन भाइ श्रीस, अध्यक्ष सि.पी.मगर, महिला बिभाग प्रमुख गंगा पुन मगर, सदस्य राज खाम्चा मगर, भु.पु.अध्यक्ष झक सिंजाली मगर, भु.पु.सचिब अर्जुन थापा मगर र भु.पु. सह-कोषाध्यक्ष सुशिला थापा मगरले समय र स्थान अनुकुल सेप्टेम्बर ३ देखि सेप्टेम्बर २० सम्म बिरामी तथा सम्बन्धित परिवारलाइ हस्तान्तरण गर्नुभएको थियो।बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना सहित थेगु शाखा अध्यक्ष कुमार गर्बुजा मगर, किम्हे/बुसान शाखा अध्यक्ष धन सलामी मगर र केन्द्र अध्यक्ष सि.पी.मगरले संयुक्त रुपमा सम्पुर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments