Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमगर मातृभाष तथा लिपि लेखन प्रशिक्षण समापन

मगर मातृभाष तथा लिपि लेखन प्रशिक्षण समापन

एक महिने मगर मातृभाष तथा लिपि लेखन प्रशिक्षण समापन भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको सहकार्य तथा बाग्लुङ – पोखरा मगर समाज साथै नेपाल मगर संघ, छिनेडाँडा इकाई समितिको व्यवस्थापनमा प्रशिक्षण भएको हो । शनिवार पोखरामा भएको कार्यक्रमको उद्घाटन शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदीले गर्नुभएको थियो । उक्त अवसरमा बोल्नुहुँदै, सचिव सुवेदीले राज्यको निति अनुसार, भाषा, संस्कार र संस्कृति संरक्षण गर्नेबारे जानकारी दिनुभयो । सामुदायलाई आवश्यक पर्ने कुराहरु मन्त्रालयमा जानकारी दिन आग्रह गर्नुहुँदै, उहाँले आवश्यक परेका कुरालाई पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मगरसंघ केन्द्रिय सह–कोषाध्यक्ष पूर्ण बहादुर रानामगर, मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारा माया थापा मगर, मगर संघ कास्कीका भाषा विभाग प्रमुख शिव थापा मगर र मगर भाष प्रतिष्ठानका अध्यक्ष रुद्र बहादुर हितान मगर लगायतले भाषा संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । बागलुङ – पोखरा मगर समाजका सचिव तथा प्रशिक्षक रुद्र वहादुर श्रीस मगरले प्रशिक्षणलाई व्यापक अभियानको रुपमा अघि लैजानुपर्नेमा जोड दिनुभयो । साथै चासोका साथ अघि वढे भाषा संरक्षण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । लोप हुँदै गएको पहिचनलाई जोगाउन, सम्वन्धीत निकायले आवश्यक लगानी र ध्यान दिनेबारेमा समेत श्रीसले विश्वास व्यक्त गर्नुहुँदै, जसका लागि सवैलाई खवरदारी गर्नुपर्ने आग्रह गर्नुभयो । प्रशिक्षाथीहरु नर वहादुर थापामगर, तारा पुन मगर, मखन पुनमगर र सरु थापा मगर लगायतले थप २ महिनाको पूनः प्रशिक्षण थप गर्नुपर्ने आयोजगप्रति माग गरेका छन् ।

बागलुङ – पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्र बहादुर थापा मगरले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन कोषाध्यक्ष कृष्ण पुनमगरले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments