पोखरा । लायन्स क्लव अफ पोखरा भृकुटीले शुक्रबार पोखराको बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा सातौं स्थापना दिवस, स्मारिका विमोचन र अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर तथा पूर्व गभर्नर, मल्टिपल डिष्टिक्ट लायन्स मेगाजिन चिफ एडिटर धनराज आचार्यले लायन्स क्लव अफ पोखरा भृकुटी डिष्टिक्टका उत्कृष्ट क्लबहरु मध्येको एउटा उत्कृष्ट क्लबको रूपमा स्थापित भएको बताउनु हुँदै थप सफलताको शुभकामना दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ एम नेपालका गभर्नर लायन महेन्द्र पौडेल,उहाँका स्पाउस मन्दिरा खनाल, सेकेन्ड भिडीजी लायन चन्डी प्रसाद आचार्य, चिफ एडभाइजर लायन धनिराम बराल, डिष्टिक्ट पिआरओ इन चिफ किशोर बराल, कोचिफ एडभाइजर शिवराज आचार्य, कन्स्ट्रक्सन, ल्याण्ड एन्ड बिल्डिङ चिफ विष्णु बराल, श्रीकृष्ण ईएनटी केयर सेन्टरका सञ्चालक तथा प्रमुख विशेषज्ञ प्राध्यापक डाक्टर कृष्ण कोइराला, रिजन १५ का चियर पर्सन लायन मैना अर्याल र डिपार्टमेन्ट अफिसर पवित्रा न्यौपानेले संयुक्त रूपमा क्ल्बको स्मारिका विमोचन गर्नुभएको थियो । कार्यक्रममा क्लब परिवार सम्पुर्णलाई सम्मान गरिएको थियो ।
डिष्टिक्ट गभर्नर लायन महेन्द्र पौडेल, डिष्टिक्ट अन्तर्गतका सेकेन्ड भिडीजी लायन चन्डी प्रसाद आचार्य, चिफ एडभाइजर लायन धनिराम बराल, डिष्टिक्ट पिआरओ इन चिफ लायन किशोर बराल, श्रीकृष्ण ईएनटी केयर सेन्टरका सञ्चालक तथा प्रमुख विशेषज्ञ प्राध्यापक डाक्टर कृष्ण कोइराला, रिजन १५ का चियर पर्सन लायन मैना अर्यालले भृकुटी क्लब अत्यन्तै सक्षम र सबल क्लबको रूपमा स्थापित भइ लायनवाद अनुसार सामाजिक कार्यमा निरन्तर लागिरहेको बताउनुभयो । संस्थापक अध्यक्ष लायन पुष्प कुमारी आचार्यले क्लबको इतिहास सहित स्वागत गर्नुभएको थियो । आचार्यले सन् २०१६ मा मन मिल्ने ३० जना सदस्य बनाइ क्ल्ब खोलेको स्मरण गराउनुभयो । स्थापनाको छोटो समयमा नै डिष्टिक्टमा यस क्लबले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकोमा यसलाई निरंतरता दिनुपर्ने उहाँको सुझाव थियो । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष लायन शकुन्तला आचार्यले आफ्नो कार्यकालमा हरेक क्षेत्रबाट सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो । भृकुटी क्लबकी अध्यक्ष लायन गौरी कोइराला केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोइरालाले पूर्व अध्यक्षहरुलाई सम्मान समेत गर्नुभएको थियो ।
पूर्व अध्यक्ष एवं डिष्टिक्ट एफडब्लुसी कोर्डिनेटर लायन शोभा कुमारी पौडेल र पूर्व अध्यक्ष एवं डिपार्टमेन्ट अफिसर लायन दुर्गा अधिकारी संयोजक रहनुभएको कार्यक्रममा धन्यवाद मन्तव्य संयोजक पौडेलले दिनुभएको थियो भने सञ्चालन लायन वर्ष २०२१/२२ की सचिव लायन लक्ष्मी लामिछानेले र झण्डाको अभिवादन द्वितीय उपाध्यक्ष लायन सम्झना रानाभाटले गर्नुभएको थियो । यस्तै क्लबले विगतदेखि स्थापना दिवसको अवसरमा रक्तदान गर्दै आएको छ । यस वर्ष पनि गत बुधबार आयोजित रक्तदान कार्यक्रमबाट ६२ युनिट रगत संकलन गरिएको थियो ।