भारत–पाक युद्ध सेहजरा विजय ०६ डिसेम्बर १९७१ को स्मृति दिवस मनाइएको छ । फस्फिफ गोर्खा राईफल्स (एफ.एफ.) भू.पू. सैनिक संघ पोखराको आयोजनामा मंगलबार पोखरामा एक कार्यक्रमवीच दिवस मनाइएको हो ।
१९७१ सालमा पाकिस्तानसँग सेहजरामा भएका लडाईमा जीत हासिल गरेको स्वर्ण इतिहास तथा त्यो दिनको सम्झनामा कार्यक्रमको अयोजना गरिएको संघका अध्यक्ष सुवेदार हनरी क्याप्टेन भिम बहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार १९७१ मा भारत र पाकिस्तान वीच भएको युद्धमा पल्टनले पाकिस्तानको सेहजरा भन्ने ठाउँमा हमला गर्ने जिम्मेवार पाएकोमा पाकिस्तानको एक वटालियन तैनाथ गरिएको थियो । पल्टनले त्यस माथि हमला गरी ६ डिसेम्बरको बिहानै फस्ट लाईट १९७१ मा सेहजरामा पाकिस्तानी सेनालाई हराएर कव्जा गरी जित हासिल गरेको थियो ।
युद्धमा ९ जनाले ज्यान गुमाएका थिए । विजय प्राप्त पश्चात पल्टनका वीर योद्धाहरुलाई चार वीर चक्र, पाँच सेना मेडल तथा एम एण्ड डी द्धारा सम्मानित गरिएको थियो । पल्टनलाई युद्ध सम्मान सेहजरा पंजाव १९७१ को थिएटर सम्मानद्धारा सम्मानीत गरियो । उक्त विजयलाई सेहजरा डे को विजय दिवस पर्वको रुपमा मनाउदै आएको हो । विभिन्न जिल्ला बाट पोखरामा आइ वसोबास गर्नुभएका फस्फिफका भू.पू.परिवारहरुले पोखरा फस्फिफ भू.पू. संस्था स्थापना गरी २१ वर्ष देखी विजयी दिवस मनाउदै आएको छ ।
विजय दिवस मनाएर वीर योद्धाहरु प्रतिको श्रद्धाञ्जली दिइने उद्देश्यले समेत यो दिवसको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ । उक्त कार्यक्रमको अवसरमा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि पिपिओ पोखरा भारतीय पेन्सन क्याम्पका ले.कर्णेल शसांक त्रीपाठीले सेहजरा को लडाइमा हाम्रो फस्फिफको विर गोर्खाली योद्धा हरु को बहादुरी को कारण सजिलै सेहजरा माथी विजय हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै युद्धमा ज्यान गुमाएका विर योद्धाहरु प्रति श्रद्धाण्जली व्यक्त गर्नुभयो ।
विषेश अतिथि क्यामका डिएसबि सेक्रेटरी सुबेदार मेजर हनेरी क्याप्टेन शीव बहादुर खत्रीले पल्टनका परिवारले पाउने सेवासुविधा लिने प्रक्रियाबारे जानकारी दिनुभएको थियो । संघका सल्लाहकार सुवेदार हनेरी क्याप्टेन प्रेम बहादुर गुरुङले पल्टनको बारे बोल्नुभएको थियो । आमा समुहका अध्यक्ष नाना गुरुङ ले पनि कार्यक्रममा बोल्नुभएको थियो । क्याप्टेन शमशेर गुरुङको समुहले साँस्कृतिक कार्यक्रमको जिम्मेवारी समाह्लल्दै राम्रो नृत्य हरु प्रस्तुत गरि कार्यक्रम लाई अति रमाइलो गराउनु भएको थियो ।
कार्यक्रमको अवसरमा मनिपाल शिक्षण अस्पतालमा उपचारत मृगौला पीडित सुवेदार मेजर हनेरी क्याप्टेन रुद्र वहादुर थापा भि.यस. एम. को स्वास्थ्य प्रति शीघ्र लाभको कामना गरिएको थियो भने, संघका नायक डबल खान ठकुरी को घर मा आगलागी भएर यो दुखद घटना बाट ४ करोड बराबरको क्षती भएकाले खान ठकुरीका लागि आर्थिक सहयोग समेत संकलन गरिएको थियो । त्यस्तै यसै संगठनका सदस्य भिमाद न पा ९ निवासी हवाल्दार टीकाराम गुरुङ र हिरा कला गुरुङका छोरी सुस्मिता गुरुङले पुर्वाञ्चल युनिभर्सिटी नारायणी सामुदायिक हस्पिटलबाट ब्याचलर अफ साइन्स इन नर्सिङ उत्तीर्ण गर्न सफल भएकोमा प्रसंशा पत्र प्रदान गरिएको थियो ।