Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONभदौ २८ गते पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ हुने

भदौ २८ गते पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ हुने

भदौ २८ गते पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ हुने
मणी सरब्ज तमु / छ्याजलो न्यूज संवाददाता

पोखरा, २५साउन।

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा आगामी भदौ २८ गते शनिबार पोखरामा स– फुँ–क्ह्याल्स साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ ।

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष शुक्रराज सरब्ज तमूको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जीवन तमुले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम सञ्चालन प्रचार प्रसार संयोजक सुरज ङोप्छे तमूले गर्नु भएको थियो ।

हाम्रो अभियान, वोन धर्मको पहिचान भन्ने नारा सहित पहिलो पटक आफुहरुले यस्तो साँस्कृतिक सन्देश मुलक कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले जानाकारी दिएको छ ।

तमू समुदायको आफ्नो मौलिक बोन धर्म, भाषा, भेष भुषा र सस्कार सस्कृति बारे साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने र आगामी २०७८ सालको जनगणनामा अधिक्तम बोन धर्मावलम्बीको बृद्धी गराउन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजक तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले आज पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पोखराको सभागृहमा भदौ २८ गते हुने कार्यक्रममा बहु चर्चित लोक दोहोरी गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङको साँगितिक प्रस्तुतिको साथमा आयोजक तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितीका कलाकारहरुको सन्देश मुलक साँस्कृतिक प्रस्तुती रहने आयोजकले जानाकारी दिएको छ ।

 

कार्यक्रम लागि अनुमानित ११ लाख ३० हजार खर्च हुने र १६ लाख ५० हजार आम्दानी हुने आयोजकले अनुमान गरिएको छ। कार्यक्रमको लागि विदेश बाट आर्थिक सहयोग आउने क्रम जारी रहेको र मुख्य प्रायोजक, सह प्रायोजक तथा प्रायोजकहरुको लागि पनि पहल भैरहेको विज्ञप्ति मार्फत जनाएको छ ।

कार्यक्रम बारे जानाकारी दिदै कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष शुक्र राज सरब्ज तमुले कार्यक्रम आफैमा नयाँ, नौलो सन्देश जनवने मुलक भएकोले सम्पुर्ण मिडिया कर्मीहरुलाई सकरात्मक तरीकाले प्रचार प्रसारमा सहयोग गर्दिन प्रेस विज्ञप्ति सहित अनुरोध गर्नु भएको छ ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments