Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNब्रेन ट्युमर बिरामी भट्टराईको उपचारार्थ गोरखा समाज बहराइनद्वारा संकलित आर्थिक सहयोग हस्तान्तरण

ब्रेन ट्युमर बिरामी भट्टराईको उपचारार्थ गोरखा समाज बहराइनद्वारा संकलित आर्थिक सहयोग हस्तान्तरण

ब्रेन ट्युमर बिरामी भट्टराईको उपचारार्थ गोरखा समाज बहराइनद्वारा संकलित आर्थिक सहयोग हस्तान्तरण

काठमाडौँ, आइतबार, ९ माघ २०७८ । गोरखा समाज बहराइनद्वारा संकलित आर्थिक रकम ब्रेन ट्युमर बिरामी रुपेश भट्टराईको परिवारलाई
हस्तान्तरण गरिएको छ ।

गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नम्बर २ अर्चले निवासी कुमार भट्टराईको छोरा ११ बर्षका रुपेश भट्टराईको सानो उमेरमा ब्रेन ट्यूमर भई बिगत केही समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि समस्या भएकाले परिवारबाट सहयोगको याचना भएको हुदाँ बिरामी रुपेश भट्टराईको उपचारको लागि सहयोगी मनका धनीहरुबाट सहयोग प्राप्त भएको छ। गोरखा समाज बहराइन समाजका सदस्यहरु राम प्रसाद भट्टराई, ईश्वर भट्टराई र भुवन भट्टराईहरुबाट जानकारीका साथ निबेदन पर्न आएकोले समाजका सदस्यहरु र अन्य सहयोगी मनका धनी मित्रहरुबाट सङ्कलित रकम सहित समाजको परोपकारी कोषबाट थप सहयोग रकम गरी कुल नेपाली रुपैयाँ एक लाख (रु. १,००,०००/-) मात्र को सहयोग रकम हस्तान्तरण गरिएको छ ।

गोरखा समाज सेवा केन्द्र काठमाडौंका अध्यक्ष महेश गुरुङ, अधिवक्ता राम चन्द्र श्रेष्ठ, हरि बल्लभ नेपाल, राजु मियाँ, सिमपानी मिडियाका अध्यक्ष बिमल भट्ट, रिलिक खनाल लगायत अन्य महानुभावको उपस्थितिमा सगुन क्याफे सोर्हखुट्टेमा ब्रेन ट्युमर बिरामी भट्टराईको उपचारार्थ गोरखा समाज बहराइनद्वारा संकलित आर्थिक सहयोग आज आइतबार हस्तान्तरण गरिएको हो ।

संकलित आर्थिक रकम ब्रेन ट्युमर बिरामी रुपेश भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने अवसर पाउदा यस गोरखा समाज बहराईन परिवारले गर्व महसुस गर्दै बाबुको शिघ्र सुस्वास्थ्य लाभको कामना गरेको छ ।

समाजका अध्यक्ष अन्जान बाबु श्रेष्ठले पठाउनु भएको संकलित रकमको विवरण कुल नेपाली रुपैयाँ एक लाख (रु. १,००,०००/-) सहित सु-स्वास्थ्य लाभको कामना पत्र अमित भट्टले वाचन गरेर सुनाउनु भएको थियो ।

आर्थिक सहयोग रकम हस्तान्तरणमा सहयोग पुर्याई दिनु भएकोमा र सहयोगी हातहरुप्रति गोरखा समाज बहराइनका अध्यक्ष अन्जन बाबु श्रेष्ठ लगायत सम्पुर्ण गोरखा समाज बहराईन परिवार हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।

जय गोरखा ! जय गोरखाली ! ! गोरखा समाज बहराइन
सहयोग रकमको विवरण तथा सहयोगी हरुको नामावली

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments