मणी तमु, पोखरा, जेठ ०६ ।
लकडाउनले नेपालमा फसेकी बेलायतका माइला-कान्छा(पार्वती र माया गुरुङ)ले दृस्टी बिहिन, फोक्सोको क्यान्सर र मृगौला रोगीलाई आर्थिक सहायोग गरेकी छिन ।
कास्की, हाँन्सापुर् निवासी दृष्टिविहीन, रोगी र शारीरिक असक्त रहेका कृष्ण भुजेल ३ बर्षको हुदा दादुरले गर्दा दृष्टी गुमाउनु परेको , रुपा गा पा कास्कीका ५० वर्षको भोजराज सुबेदी र स्याङजा विरुबा ४२ बर्षका मिना थापामगर १४ बर्ष हुदा लडेरा आँखाको चोट लाग्दा आर्थिक अभावको कारणले समयमा उपचार गर्न नपाउदा दृष्टी गुमाएको, पुरानो घर लमजुङ हाल पो.मा.न.पालिका वडा न. २९ निवासी २ छोरीका बाबु ७ बर्षमा दृस्टीबिहिन भएका ४० बर्षिय नर बहादुर तामांग दृस्टीबिहिन व्यक्तिहरूलाई धेरै असर पर्न गएको भन्दै सामाजिक अभियन्ता माइला-कान्छा(पार्वती र माया गुरुङ) ले आर्थिक सहयोग बितरण गरेकि हुन् ।
यस राहत कार्यक्रमको लागि यूकेका सामाजिक अभियन्ता माइला-कान्छाको संयोजकत्वमा पुरानो घर ल्वाङ घलेल साँखु हाल युके निवासी श्रीमान श्रीमती हर्कामान र देउसुबा गुरुङ रु. १९०००/- पुरानो घर स्याङजा हाल युके निवासी श्रीमती रुपा गुरुङ रु ६०००/- रा श्रीमती द्रौपति गुरुङ स्याङजा युके निवासि रु ५०००/- श्री चित्रमान र श्रीमती शर्मिला गुरुङ पुरानो घर दरौ सिरुबारी हाल यु.के., पुरानो घर सिरुबारी हाल लन्डन ओईळिङ निवासी सोपाल समाज युके फाऊन्डर चेयरमेन बिजय बाहदुर गुरुङ रु ११,०००/-, पुरानो घर घडेरी, स्याङ्गज लन्डन प्लमस्टेड निवासि रु ५५५५/- श्रीमान श्रीमति तमु कलाकर संघ युकेका सस्थापक अध्यक्ष सुर्य गुरुङ,गुड्डु गुरुङ, पुरानो घर भैरहावा हाल लन्डन ईल्थम निवासि श्रीमान श्रीमति आर जि एन ए का आध्याक्षा सर्मिला हिराचन थकालि रु ५०००/- पुरानो घर ल्वाङ घलेल हाल लन्डन ओईम्लि निवासी बत्ति गुरुङ रु ५०००/- र पुरानो घर लम्जुङ हाल युके फान्ब्रो निवासी श्रीमान श्रीमति बिस्णु गुरुङ रु ५०००/- जम्मा रकम रु ७० हजार रुपैया संकलन भएको सहयोग रकम १ जना फोक्सोको क्यान्सर र मृगौला रोगीलाई ३० हजार र ४ जाना दृष्टिबिहीनहरुलाई दश(१०/ १० हजार रुपैया राहत बितरण गरिएको हो ।
राहत वितरण कार्यक्रम महिला नेत्री सरस्वती गुरुङको समन्वय तथा संयोजनमा राहत वितरण गरिएको हो ।
भिडियो :