बिद्यालयको वार्षिकोत्सवमा मिलन ट्रष्टकी सम्रक्षक गुरुङलाइ सम्मान
२०७७ चैत्र ९ | मणी सरब्ज तमु |
महेन्द्र शिखर माध्यमिक विद्यालय बाजुङ्ग ६६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भक्त कुँवरको अध्यक्षता मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख अतिथ्यमा भएको वार्षिकोत्सव अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए |
कार्यक्रममा मिलन वर्ल्ड न्युज डट कमका अध्यक्ष दुर्गा गुरुङ “मिलन” ले आफ्ना स्वर्गीय पिता नर बहादुर गुरुङको स्मृतिमा स्थापना गरेको दुई लाख रुपियाँका स्व. नरबहादुर गुरुङ स्मृति अक्षयकोषद्वार १० जना जेहेन्दार बिद्यार्थीहरुलाई ३/३ हजार रुपीया स्व. गुरुङ्गका धर्मपत्नी मिलन ट्रस्ट एवं स्मृति अक्षयकोषकी सम्रक्षक श्रीमती सावित्री कुमारी गुरुङले प्रदान गरिन |
बिद्यालय ब्यबस्थापन समितिले मिलन ट्रस्ट २०७४ एवं स्व. नरबहादुर गुरुङ स्मृति अक्षयकोषकी सम्रक्षक श्रीमती सावित्री कुमारी गुरुङलाई गरिब तथा जेहेन्दारहरुको अक्षयकोष स्थापना गरेकोमा सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरेका थिए |
कोभिड १९को कहरका बिचमा बिधालयमा स्वयंसेवक धिक्षकका रुपमा योगदान दिने स्थानीय ताराखर अधिकारी एव शैक्षिक क्षेत्रम सहयोग गर्ने महानुभावहरुलाई कदरपत्रको साथ सम्मान गरेका थिए |
समापन समरोहलाई सम्बोधन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका शिक्षामा जनसहभागिता बढाउनु पर्नेमा जोड दिएका छन् । उनले शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट मात्रै विद्यालयको समग्र पक्षको विकास हुने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि गा.पा.क प्रमुख प्रशासकीय अधिकृत किशन बहादुर क्षेत्री, गाउँ शिक्षा अधिकृत झक प्रसाद गौतम, वडा अध्येक्ष दल बहादुर मल्ल, स्थानीय बुद्धिजिवी ताराखर अधिकारी, अभिभावक कोकिला राज पौडेल, नेका जिल्ला कार्यसमिति सदस्य रामबहादुर प्रसाई नेकापा एमाले गण्डकी प्रदेश सदस्य तेजबहादुर क्षेत्री, निकपा माओबादी केन्द्र बाजुङ्ग सचिव अमर अधिकारीले लगायतकाले आफ्नो मन्तब्य दिएका थिए |
कार्यक्रममा सवागत मन्तब्य कृष्णराज सुबेदीले दिएका थिए भने संचालन लक्षमण शर्माले गरेका थिए |
Photo Gallery
{AG}mahendra-shikahr-highschool{/AG}