बाग्लुङ्ग जिल्लामा तमु प्ये ल्हु संघ बाग्लुङ्ग जिल्ला समितिको गठन
८ फागुन | बुर्तिबंग, बाग्लुङ्ग | मणी तमु । गुरुङहरुको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमु, महासचिव हर्क योज तमु र गण्डकी प्रदेश समितिका दितीय अध्यक्ष क्षेत्र बहादुर चाह्क्ली तमु र सहकोषाध्यक्ष मणी सरब्ज तमुको पहलमा पहिलो पटक बाग्लुङ्ग जिल्लामा तमु प्ये ल्हु संघ बाग्लुङ्ग जिल्ला समिति गठन भएको छ।
उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका दितीय अध्यक्ष सिद्धि कुमारी प्हच्यु तमु र सह-कोषाध्यक्ष शान्ती टु क्ल्हेप्री तमुको पहल र गिरमाया टु क्ल्हेप्री तमुको अध्यक्षतामा, तमु प्ये ल्हु संघ बाग्लुङ्ग जिल्ला महिला समिति गठन गरियो । समितिको अन्य पदाधिकारीमा अस्मिता भुजा तमु उपाध्यक्षमा, शोभा त्होर्जे तमु सचिवमा, रामकुमारी टु तमु कोषाध्यक्षमा, निरमाया ल्हेंगे तमु सह सचिवमा, सरस्वती त्होर्जे तमु सदस्य, गौरी त्होर्जे तमु सदस्य, ओमकला त्होर्जे तमु सदस्य, निमकला भुजा तमु सदस्य र जसकाला ल्हेंगे तमु सदस्यमा सर्बसम्मतिमा मनोनित भए बाँकि अपुग सदस्यहरु भेग मिलाएर कार्यसमितिको बैठकले पछी मनोनित गर्ने छन् । बाग्लुङ्गको टुनीबोटमा शनिबार भएको एक भेलाले स्थानीय गंगा बहादुर टु क्ल्हेप्री तमु(गुरुङ)को अध्यक्षतामा तमु प्ये ल्हु संघ बाग्लुङ्ग जिल्ला समिति गठन गरिएको हो।
समितिको अन्य पदाधिकारीहरुमा प्रकाश त्होर्जे तमु, उपाध्यक्षमा, मोहन भुजा तमु सचिव, चन्द्रबहादुर कोन तमु, कोषाध्यक्ष, दील बहादुर कोन तमु, सह-सचिव, टेकबहादुर त्होर्जे तमु, सदस्य, शेर बहादुर टू क्ल्हेप्री तमु, सदस्य, अनिता च्हम्रु तमु, सदस्य, बेग बहादुर टू तमु सदस्य सर्बसम्मतिमा मनोनिती भएका छन् र बाँकि अपुग सदस्यहरु भेग मिलाएर कार्यसमितिको बैठकले पछी मनोनित गर्ने छन् ।
कार्यक्रममा मनोनित भएका जिल्ला पदाधिकारीहरु र सदस्यहरुलाई संघका केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले आर्थिक कोष स्थापना गर्न रु ५००० र संघको विधान प्रदान गरि बधाई तथा शुभकामना दिदै संघको विधानमा रहेर तमु जातिको मौलिक बोन धर्म, संस्कार-संस्कृति, भाषा र भेषभूषाको सम्रक्षण, सम्बर्द्धन तथा उत्थान गर्नको लागि आग्रह गर्नु भयो ।
त्यस्तै मनोनित भएका जिल्ला महिला पदाधिकारीहरु र सदस्यहरुलाई संघका केन्द्रीय महिला समितिका दितीय अध्यक्ष सिद्दी कुमारी प्हच्यु तमुले आर्थिक कोष स्थापना गर्न रु ५००० र संघको बिधान प्रदान गरि बधाई तथा शुभकामना दिदै संघको विधानमा रहेर तमु जातिको मौलिक बोन धर्म, संस्कार-संस्कृति, भाषा र भेषभूषाको सम्रक्षण, सम्बर्द्धन तथा उत्थान गर्नको लागि आग्रह गर्नु भयो ।
स्थानीय नर बहादुर त्होर्जे तमुको अध्यक्षतामा भएको कार्यक्रम दिल बहादुर कोन तमुले स्वागत भाषण गरेका थिए भने कार्यक्रम संचालन केन्द्रीय महासचिव हर्क योज तमुले गरेका थिए ।