Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALबगालेटोलको तमु समाजको ३९ औं साधारणसभा सम्पन्न

बगालेटोलको तमु समाजको ३९ औं साधारणसभा सम्पन्न

बगालेटोलको तमु समाजको ३९ औं साधारणसभा सम्पन्न
पोखरा, ५ भाद्र
पोखरा ८ बगालेटोलस्थित तमु धिं नेपालको क्षेत्रीय समाज बगालेटोल तमु समाजको आइतबार ३९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाको प्रमुख अतिथि समाजका बयोबृद्ध लालकाजी गुरुङ उद्घाटन गर्नुहुदै आर्शिवाद प्रदान गर्नुभएको थियो।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै बगालेटोल तमु समाज पुरानो एवम् अग्रणी समाजको रुपमा सबैको मार्गनिर्देशकको रुपमा रहेको बताउनुभयो। तमु धिं एवम तमु समुदायमा रहेको हरेक आवाश्यकतालाई दिल फुकाएर साथ सहयोग गर्ने समाजको रुपमा बगालेटोल तमु समाजको पहिचान भएको भन्दै उहाँले बगालेटोलका अग्रजहरु सल्लाह सुझाव र निर्णय सधै एककदम अघि हुने भन्दै प्रसंसा गर्नुभयो।

कार्यक्रममा सल्लाहकार प्रमुख मेजर डिलबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै समाजको सदस्यहरुको क्रियाशिलताका लागि आग्रह गर्नुभयो भने तमु धिं नेपालका केन्द्रिय सदस्य एवम बगालेटोल तमु समाजका पुर्व सचिव प्रेम गुरुङ र सल्लाहकार क्या.इन्द्रबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभामा समाजका सचिव भिमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मनश्री गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

समाजका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आमा समितिकी अध्यक्ष पञ्चकुमारी गुरुङले स्वागत मन्तव्य र सचिव भिमबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments