Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONफोनिज गण्डकी प्रदेशको स्थापना दिवसमा २ जना पत्रकार थापा र...

फोनिज गण्डकी प्रदेशको स्थापना दिवसमा २ जना पत्रकार थापा र राजभण्डारीलाई पुरस्कृत गरे

फोनिज गण्डकी प्रदेशको  स्थापना दिवसमा २ जना पत्रकार  थापा र राजभण्डारीलाई पुरस्कृत गरे 

पोखरा, साउन २७ / नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखरामा २ जना पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २१ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापा र बागलुङका अग्रज पत्रकार राजेशचन्द्र राजभण्डारी ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्मा, फोनिज गण्डकी प्रदेश अध्यक्ष एम.बी.आस्थालगायतले नगद २५÷२५ हजारसहित दोषल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।

सम्मानित थापा साढे ३ दशकदेखि पत्रकारितामा छन् । हाल उनी फेवा पोष्ट साप्ताहिकमा आबद्ध रहेर कलम चलाइरहेका छन् । बागलुङका राजभण्डारी भने ढोरपाटन दैनिकका सञ्चालक तथा न्यूज–२४ का बागलुङ सम्बाददाता हुन् ।

सम्मानित भएपछि अग्रज पत्रकारद्वय थापा र राजभण्डारीले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाईरहन थप हौषला प्रदान गरेको बताए । साथै उनीहरुले जीवनपर्यन्त कलम चलाईरहने बाचासमेत गरे ।

‘कञ्चन पत्रकारिता पुरस्कार पहिलोपटक प्रदान गरिएको हो । पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उनको परिवारले पीता स्वर्गिय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि ६ लाखको अक्षय कोष घोषणा गरे । वार्षिक रुपमा प्रदान गरिने सो पुरस्कार अक्षयकोषबाट प्राप्त ब्याजबाट सञ्चालन गरिने फोनिज गण्डकी प्रदेश अध्यक्ष एम.बी आस्थाले जानकारी दिए ।

सम्मान कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले राज्य गलतबाटो हिंड्न लागे पत्रकारिताले खबरदारी गर्नुपर्ने बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कोरोनाका कारण धेरै पत्रकारको जागिर खोसिदा पलायन हुने अवस्था आएको भन्दै यस्तो बेला गुभाजु परिवारले पुरस्कार स्थापना गरेर पत्रकारहरुलाई हौसला प्रदान गरेको बताए ।

फोनिज गण्डकी प्रदेश ईञ्चार्ज हुमबहादुर गुरुङ (तमु)ले पत्रकारहरुले चाटुकारिता गर्दा पत्रकारिता आवाज विहिन्हरुको आवाज बन्न नसकेको आरोप लगाए । आदिवासी जनजाति पत्रकारहरुले झोले पत्रकारिता गरिरहेकाहरुसामु आदर्श पत्रकारिता स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

फोटो एल्बम 

{AG}fonij-21sthpana-diwas{/AG}

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments