आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कलीले नेपाल पत्रकार महासंघ कास्कीलाई ज्ञापन पत्र वुझाइएको छ । फोनिजले बिहीबार पत्रकार महासंघ कार्यालयमा पुगी, नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादु श्रेष्ठ रहनुभएको बारे, पत्रकार महासंघ केन्द्रीय कार्यालयका लागि ज्ञापन पत्र बुझाइएको हो ।
पत्र फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमवी आस्था, कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङ, उपाध्यक्ष विनु थापा मगर, सचिव शुसिल श्रेष्ठ लगायतले, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष राम प्रसाद तिमिल्सिनालाई बुझाउनु भएको हो । नेपाल पत्रकार महासंघको जग, तत्काल नेपाल पत्रकार संघ भएको र संघको वि.सं २००८ वैशाख ९ गतेको भेलाले श्रेष्ठको नेनृत्वमा गठन गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यसैगरी, पत्रकारलाई संघमा थप संगठित गर्ने उद्देश्यले २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको पूनः गठन गरिएको पनि पत्रमा उल्लेख गरिएको छ ।
वि.सं २०१२ चैत १६ गतेका दिन नेपाल पत्रकार संघको पूनः गठन हुँदा कृष्ण प्रसाद उपाध्याय भट्टराई सभापति हुनुभएको तथ्य रहेको समेत उल्लेख गरिएको छ । जसकारण नेपाल पत्रकार महासंघले आफ्नो दस्तावेजहरुमा महासंघको संस्थापक अध्यक्ष भट्टराइ नभइ, तथ्यका आधारमा श्रेष्ठ नै हुनुपर्छ भन्ने पत्रकार महासंघ समक्ष फोनिजको माग रहेको अध्यक्ष गुरुङले बताउनुभयो । ज्ञापन पत्र बुझ्नुहुँदै, नेपाल पत्रकार महासंघ कास्कीका कार्यबहाक अध्यक्ष तिमिल्सनाले पत्र आजै केन्द्रमा पठाउने प्रतिद्धता व्यक्त गर्नुभयो ।