पोखरा । मीलन डिजी इन्टरनेसनल प्रालिले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका नवनिर्वाचित
कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ ।
समाजसेवी दुर्गा गुरुङ ‘मीलन’ आबद्ध संस्थाहरु मीलन डिजी इन्टरनेसनल प्रालिसँगै मीलन फाउन्डेसज, मीलन ट्रस्ट र मीलन वल्ड डट न्युजको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा दोस्रो प्रादेशिक अधिवेशनबाट निर्वाचित
कार्यसमितिलाई खादा, माला तथा दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट,
मीलन डिजीका संरक्षक सावित्री गुरुङ तथा कार्यवाहक अध्यक्ष देवी गुरुङले सम्मानसहित बधाई दिएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य विष्टले आदिवासी जनजातिको सवालमा खुलेर लाग्न आग्रह गरे । आफ्ना क्षेत्रका समस्या र
चुनौतीलाई प्रष्टसँग राख्न फोनिज उपयुक्त थलो भएको उनको धारणा थियो । कुनै समय कसैबाट खोसिएको अधिकार आफ्नो पक्षमा पार्न कुनै कसुर बॉकी नराखी पत्रकारिता क्षेत्रमा लाग्न उनको आग्रह थियो।
मीलन डिजी इन्टरनेसनल प्रालिकी कार्यवाहक अध्यक्ष देवी गुरुङले पत्रकाहरु एकजुट भएमा आदिवासी जनजातिको समस्या मिडियामा ल्याउन सहज हुने धारणा राखिन् । उनले आदिवासी जनजातिको मुद्दालाई सञ्चार माध्यममा खरो रुपमा प्रस्तुत सफल कार्यकालको शुभकामना पनि दिइन् ।
कार्यक्रममा फोनिजका नवनिर्वाचित अध्यक्ष रुद्र श्रीसले संस्थाको सामाजिक कार्यमा फोनिजको सधैं साथ रहने बताए । दुर्गा
गुरुङ मीलन’ ले हङकड रहेर पनि देशप्रति देखाएको माया र समाजसेवामा सधैं हातेमालो गर्ने उनले प्रतिबद्धता जनाए।