Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALफेवाताल सरसफाई अभियानमा सवैको सहभागिता

फेवाताल सरसफाई अभियानमा सवैको सहभागिता

पोखरा महानगरपालिकाको नेतृत्वमा मंगलबार आयोजना गरिएको फेवाताल सरसफाई अभियानमा पोखराका सरकाररी तथा गैर सरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो । तालको विभिन्न ३३ स्थानबाट चलाइएको अभियान पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित हजारौको सहभागिता रहेको थियो ।

अभियानबाट २ सय ट्रक जलकुम्भी झार फालिएकोे पोखरा महानगरपालिकाका प्रमुख धनराच आचार्यले जानकारी दिनुभयो । साथै अभियानलाई निरन्तर दिइने पनि प्रमुख आचार्यले जानकारी दिनुभयो । अभियानलाई निरन्तरताका लागि स्थानीय पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरूको साथ सहयोग आवश्यक भएको उहाँले बताउनुभयो । फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटक पटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको भए तापनि, मंगलबार देखि भने, मेसिनलाई मर्मत गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । प्रमुख आचार्यले सरसफाइ अभियानमा सहभागी सम्पूर्णलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।

फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट १, २, फिस्टेल घाट १,२, अम्बोट घाट १,२, नयाँघाट, गौरी घाट १, २, बाराही घाट १, २, नेपाल ट्रष्ट, पाहारी घाट १, २मा सरसफाई गरिएको थियो । त्यसैगरी माछा सेक्सन १, २, फेवाघाट १, २, सुइमिङ्पुल हल्लनचोक १, २, क्याम्पीङ चोक १, २, खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेकमा सरसफाई गरिएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments