Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDफिवना मेरिल्याण्ड शाखा तदर्थ समितिको गठन

फिवना मेरिल्याण्ड शाखा तदर्थ समितिको गठन

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका(फिवना) मेरिल्याण्ड शाखा तदर्थ समितिको गठनसहित संयोजक र सदस्यहरु चयन भएको छ । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका(फिवना) अध्यक्ष इन्दिरा चोङबाङले गोर्खाली रेडियो अनलाइनसँगको संवादमा अमेरिकाको मेरिल्याण्डमा कुष्मा सुर्यबंसीको संयोजकत्वमा कल्पना सारु,रुबी थापा,पुनम भुजेल, कमला लिम्बू,देवीका राई र जसमाया जिरेल सम्मिलित सात सदस्यिय फिवना मेरिल्याण्ड तदर्थ समितिको शाखा गठन गरेको जनाएकी छिन् ।

फिवना अमेरिका अध्यक्ष चोङबाङको सभाध्यक्षतामा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच भएको एक भेटघाट तथा छलफल कार्यक्रमबाट उक्त निर्णय गर्दै छिटो भन्दा छिटो एक भेला आयोजना गरि कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएको छ । फिवनाको शाखा विस्तारको यो परिकल्पना संस्था स्थापना अर्थात् सन् २०११ देखि नै तय भएतापनि विविध परिस्थितिका बाबजुद यो संकल्पले पहिलेपल्ट मूर्तरूप लिएको र आगामी दिनहरुमा अन्य विभिन्न राज्यमासमेत यस्को शाखा विस्तार गर्ने फिवना अमेरिकाले जनाएको छ ।

सो कार्यक्रम सफल पार्न,अमेरिकाको न्यूयोर्कबाट फिवना अमेरिका अध्यक्ष इन्दिरा चोङबाङ,सक्रिय सदस्यहरु शान्ति जिरेल,मच्छे गुरुङको सहभागिता रहेका थिए । अमेरिकाको मेरिल्याण्ड र न्यूयोर्कबीच पुलको काम फिवना संस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरले गरेकी थिईन् । उक्त भेटघाट तथा छलफल कार्यक्रममा न्यूयोर्कका प्रतिनिधीहरूले फिवना के हो,किन गठन भयो,अहिले के- कस्ता गतिविधीहरू गरिरहेका छन् र भविष्यमा यसले के -कस्ता गतिविधीहरू गर्नेछन् भन्ने बिषयमा प्रस्तुत गर्दै जिज्ञासुहरूको प्रश्नको उत्तर दिएका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments