Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALफिर्की तमु समाज पोखरालाई पञ्चासे हर्पनडाँडा समाज युकेद्वारा ४ लाख ६१ हजार...

फिर्की तमु समाज पोखरालाई पञ्चासे हर्पनडाँडा समाज युकेद्वारा ४ लाख ६१ हजार सहयोग

पञ्चासे हर्पनडाँडा समाज युकेले फिर्की तमु समाज पोखरालाई ४ लाख ६१ हजार ४ सय ५९ रुपैयाँ सहयोग गरेको छ ।

फिर्की तमु समाजका अध्यक्ष क्या.रि.डमरबहादुर गुरुङको अध्यक्षतामा समाजको भवन फिर्कीखोलामा मंगलबार भएको कार्यक्रममा उक्त रकम बेलायतबाट नेपाल छुट्टीमा आएका पञ्चासे हर्पनडाँडा समाजका महासचिव प्रकाश गुरुङले अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।

फिर्की तमु समाजका अध्यक्षको अनुरोधमा बेलायतबाट समाज घरको पछाडि भागमा सुधार गर्नका लागि केही सहयोग संकलन गरेर बुझाउन पाउँदा खुसी लागेको बताउँदै महासचिव गुरुङले सहयोगीहरुको नाम र रकम जानकारी गराएका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष चेतबहादुर गुरुङ, सचिव जुमकाजी गुरुङ, कोषाध्यक्ष एकबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष लालु गुरुङ, आमा टोली, कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु र निर्माण समितिका संयोजक जुमकाजी गुरुङको उपस्थिति थियो।

अध्यक्ष क्या. गुरुङले सहयोगका लागि पञ्चासे हर्पनडाँडा समाज युकेलाई धन्यवाद दिँदै महासचिव प्रकाशलाई खादा लगाइदिए । संयोजक जुमकाजी गुरुङले निर्माणाधीन भवनको प्रगतिबारे जानकारी दिएका थिए । कार्यक्रम सचिव जुमकाजी गुरुङले संचालन गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments