Sunday, June 26, 2022
Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNप्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा बस्नेत, स्पेन र फ्रान्समा पनि नयाँ नेतृत्व

प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा बस्नेत, स्पेन र फ्रान्समा पनि नयाँ नेतृत्व

कोपनहेगन १६ जुन २०२२ । प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा नरेन्द्रबहादुर बस्नेत चयन भएका छन् ।

प्रवासी नेपाली मञ्चको संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रवासी नेपाली मञ्च, डेनमार्कको यही जुन १४ मा डेनमार्कको राजधानी कोपनहेगनमा भएको पाँचौं अधिवेशनले बस्नेतको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । नेकपा (एमाले) स्थायी कमिटी सदस्य, विदेश विभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले अध्यक्षमा बस्नेत, उपाध्यक्षमा शिव कार्की, सचिवमा कृष्णप्रसाद पराजुली, उपसचिवमा शैलेन्द्र राई, आर्थिक विभाग प्रमुखमा सुशन बराल निर्वाचित गरेको छ ।

सदस्यहरुमा आलोक सुवेदी, गोविन्द पौडेल, सुशील पहारी, राजेन्द्र भट्ट, मुक्ति श्रेष्ठ, हरि बिसी र नविन सुवेदीलाई चयन गरेको छ ।

यसैगरी प्रवासी नेपाली मञ्च, स्पेनको पाँचौं राष्ट्रिय अधिवेशनले अध्यक्षमा हेमन्त रानाभाट, उपाध्यक्षमा भूपेन्द्रकुमार श्रेष्ठ, सचिवमा गोविन्दप्रसाद तिमिल्सिना, उपसचिवमा श्यामप्रसाद दाहाल, उपसचिवमा मोहनराज गौतम निर्वाचित गरेको छ ।

सदस्यहरुमा शिवप्रसाद गौतम, राजेन्द्र तिमिल्सिना, कृष्णप्रसाद सिग्देल, कमला बराल, केशव रिजाल, भिम गुरुङ, सुरेश चोख्याल, गणेशराज अधिकारी, ध्रुवराज ढकाल, कल्पना भुजेल र सुनयना श्रेष्ठलाई चयन गरेको छ ।

प्रवासी नेपाली मञ्च, फ्रान्सको पाँचौं अधिवेशन यहि जुन १२ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा एकबहादुर मल्ल, उपाध्यक्षमा अनिल गुरुङ, सचिवमा राजु खप्तडी बस्नेत, उपसचिवमा नारायण न्यौपाने, उपसचिवमा मिन श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा लाल सोडारीलाई चयन गरेको छ ।

सदस्यहरुमा क्रमशः जीवन थापा, मिना अधिकारी, विदुर श्रेष्ठ, सावित्री शाह, निर्मला शाही, दिनेश सुवेदी, डम्मर गुरुङ, सुमन कार्की, दिल नेपाली, उज्जवल पौडेल, प्रकाश पाठक, अशोक कुँवर, विक्रम खाँड चयन भएका छन् ।

यसअघि जुन ४ मा प्रवासी नेपाली मञ्च, जर्मनीमा युवराज अधिकारीको अध्यक्षतामा, जुन ५ मा बेल्जियममा चन्द्रकुमारी गुरुङको अध्यक्षतामा, जुन ५ मा नर्वेमा मनोज अधिकारीको अध्यक्षतामा र जुन ९ मा चेक रिपब्लिकमा छत्र अधिकारीको अध्यक्षतामा अधिवेशनहरु सम्पन्न भई राष्ट्रिय कमिटीहरु गठन भइसकेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments