Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNप्रमुख संरक्षक शेष घलेको राजिनामाबारे स्पष्ट पार्न कुल आचार्यको माग

प्रमुख संरक्षक शेष घलेको राजिनामाबारे स्पष्ट पार्न कुल आचार्यको माग

लन्डन । गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले आफ्नो पदबाट राजिनामा दिनु भएको भन्ने समाचारहरुबारे स्पष्ट पार्न संघको नेतृत्वलाई आग्रह गरेका छन् ।

नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक सतीश चापागाईंसंग कुरा गर्दै आचार्यले भूकम्पबाट सिङ्गै मुलुक आक्रान्त बन्दा रातदिन खटेर गैर आवासीय नेपालीहरुसंग रहेको साधन, श्रोत र सीप नेपालको पुनर्निर्माणमा उपयोग गर्ने कामको नेतृत्व गर्नु भएका डा घलेले राजिनामा दिने स्थिति आएको हो भने त्यो संस्थाको लागि दुर्भाग्यपूर्ण हुने बताए ।

“संस्थाका अर्का पूर्व अध्यक्ष भवन भट्टले एनआरएनएले गठन गरेको भिजिट नेपाल इयर सम्बन्धि उच्चस्तरीय समितिमा हस्तक्षेप गरिएको भन्दै राजिनामा दिनु भयो। त्यस पछि विधान समितिका संयोजक भवानी ओली र संघको केन्द्रिय कार्यालयका सीइओ हेमन्त दवाडीले राजीनामा दिइसक्नु भएको छ । यसले अहिलेको नेतृत्वको कार्यशैली माथि गम्भीर प्रश्नहरु उठाई दिएको छ। यसबारे सबै साथीहरुलाइ चित्त बुझ्दो जवाफ दिन पनि म अहिलेको नेतृत्वलाइ आग्रह गर्दछु,” आचार्यले भने । यसबारे केही अघि लन्डन नेपाल न्युजले सम्पर्क गर्दा एनआरएनए आइसीसीका प्रवक्ता डीबी क्षेत्रीले भने, “हामीलाई पनि आधिकारिक संस्थागत कुनै जानकारी आएको छैन। म प्रवक्ताको हिसाबले यति भन्न सक्छु राजिनामा दिनेले वा संस्थालाइ कतैबाट पनि आधिकारिक जानकारी आएको छैन।“ अलपत्र परेका नेपाली यसैबीच पूर्व केन्द्रिय उपाध्यक्ष आचार्यले प्रवासमा अलपत्र परेका नेपालीहरुलाई चांडो भन्दा चांडो उद्धार गरेर स्वदेश फिर्ता लग्न आग्रह गरेका छन्। प्रवासबाट फर्किने व्यक्तिहरुको सीप र ज्ञान प्रयोग गरेर उद्यमसिलताको विकास गर्न उनले अनुरोध गर्दै आचार्यले खाडी मुलुक, मलेसिया लगायतबाट नेपाल फर्कने नेपालीहरुलाई क्वारेंटाइनमा राख्न सघाउन नेपाल सरकारले स्वयंसेवकहरुलाई आह्वान गर्नु पर्ने सुझाव दिए । “नेपालका होटेलहरु, विद्यालय, कलेज तथा आवश्यक परे आफ्ना घर उपलब्ध गराउन पनि गाउँलेहरु तयार हुनुहुन्छ ।

नेपालमा क्वारेंटाइनको व्यवस्था गर्न अत्यन्त सहज छ। त्यसैले स्वदेश फर्कन पर्खिरहेका नेपालीहरुलाई तत्काल विशेष उडानहरुको प्रबन्ध गरी स्वदेश फर्कने व्यवस्था मिलाई दिन म फेरी पनि नेपाल सरकारलाई आग्रह गर्दछु” उनले भने । विदेशमा काम गरेर फर्केका नेपालीहरुले आफुसंग सीप, अनुभव र आत्मविश्वास पनि लिएर फर्केका हुन्छन्। कतिपयले केहि पूंजी पनि लिएर फर्कनु होला। उहाँहरुलाई आफ्नो, गाउँठाउँमा रोजगारीका अवसरहरु जुटाउन सघाउन नेपाल सरकार, नेपालको निजी क्षेत्र र गैर आवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बेला आएको छ, आचार्यले भने । “पांच देखि दसलाख नेपालीहरु स्वदेश फर्के पनि अरु चालिस, ५० लाख नेपालीहरु विदेशमै हुने छौं ।

हामीले केही न केही व्यापार व्यवसाय गरिनै रहेका हुने छौं । त्यसैले हामीले सामूहिक लगानीको अवधारणाका साथै एनआरएन माइक्रो फाइनान्स मार्फत पनि फर्केका नेपालीहरुका लागि रोजगारीको सुनिस्चितता गर्न आवश्यक भै सकेको छ । म यसबारे थप छलफल र बहस गर्न सबै साथी हरुलाई आह्वान गर्द छु” आचार्यले भने । आचार्यले प्रवासबाट फर्किए नेपालीहरुको सीपको सदुपयोग गरेर स्वदेशमै रोजगारी बढाउने कामना नलागे मुलुकमा ठूलो आर्थिक संकट आउन सक्ने चिन्ता पनि व्यक्त गरे ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments