Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALप्रथम मिस तमुस्यो लमजुङको अडिसन सम्पन्न

प्रथम मिस तमुस्यो लमजुङको अडिसन सम्पन्न

प्रथम मिस तमुस्यो लमजुङको अडिसन सम्पन्न

चैत्र १६, २०७८ लमजुङ । लमजुङमा पहिलोपटक हुन लागेको मिस तमुस्यो लमजुङको पहिलो अडिसन सम्पन्न भएको छ । बविता क्लिप्स इन्टरटेन्टमेण्ट र पाचोक नौथर तमु समाज काठमाण्डौको संयुक्त आयोजनामा र तमु प्हेलु सघं युवा समिती लमजुङको सहआयोजनामा प्रतियोगिता भएको हो ।

जिल्ला सदरमुकाम बेसीशहरमा भएको अडिसनमा १६ जना प्रतियोगि छनौट भएको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रबाट गुरुङ समुदायका युवतीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पहिलो अडिसनका लागि चलचित्र लेखन तथा निर्देशक सुवास गुरुङ, गुरुङ चलचित्र नायीका खुशी गुरुङ, मिस नेसनल आईडल सोनिका गुरुङ र मिस गुरुङ इन्टरनेशनल विजेता एवं आयोजक संस्था प्रोपाईटर बविता गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

पहिलो चरणको अडिसनबाट १६ जना छनौट गरीएको र थप सहभागी दोश्रो चरणको अडिसनबाट छनौट गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने आकांक्षी धेरै भएको तर तत्काल समयानुकुल नहुँदा दुई चरणमा अडिसन गर्नुपरेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता गराउन चाहानेहरुले अझै बैसाख सम्म दर्ता गर्नसक्ने पनि आयोजकले जनाएको छ ।

गुरुङ समुदायको संस्कार, संस्कृति भाषा र भेषभुषालाई संरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक सँस्था क्लिप्स इन्टरटेनमेण्ट प्रोपाईटर बविता गुरुङले बताउनुभयो । पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावसँगै तमु समुदायको मौलिक पहिचान भाषा, धर्म, संस्कार, सस्कृति, परम्परा र इतिहास प्रभावित भएको भन्दै यसको संरक्षण र प्रर्वद्धनका लागि कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताले गुरुङ समुदायको भाषा, संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने प्रोपाईटर गुरुङको विश्वास छ ।

प्रतियोगिताबाट संस्कार सस्कृतिको जगेर्नासँगै सहभागीहरुको नेतृत्व विकास, क्षमता अभिबृद्धि र उद्देश्य प्रेरित जीवनका लागि विभिन्न विधाका व्यक्तीत्वहरुबाट प्रशिक्षण हुने प्रोपाईटर घलेले बताउनुभयो । प्रतियोगिताका विजेताहरुलाई विभिन्न विधामा उपाधी सँगै आकर्षक पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार – २१:५९:५८ बजे

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments