Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALप्याराग्लाइडिङ खेलाडी छनोट गरियो

प्याराग्लाइडिङ खेलाडी छनोट गरियो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा प्याराग्लाइडिङ खेलाडी छनोट गरिएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकी प्रदेश पोखराले आइतबार एक कार्यक्रमका वीच खेलाडी छनोट गरेको हो ।

नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको, संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका जानकारी दिनुभयो ।

दवाडीका अनुसार, छनोट हुन सफल मेन्स क्रस कन्ट्रि तर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, शुसिल गुरुङ र शेर बहादुर गुरुङ रहेका छन् भने, आशिष थापा बैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

मेन्स एकुररेसी तर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा रहनुभएको छ । विष्णु गौतम बैकल्पिकका रुपमा रहनुभएको छ । महिलातर्फको क्रस कन्ट्रिमा त्रिशा श्रेष्ठ र सुस्मीता सुनुवार र महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहनुभएको छ ।

जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताउनुभयो । छनोट भएका खेलाडीहरुले भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेश स्तरिय छनोटमा सहभागिता जनाउनेछ

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments