Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONपो.म.नगरपालिका वडा नं ९ र १७का ८० विपन्न परिवारलाइ यु.के.बाट खाद्यान्न ...

पो.म.नगरपालिका वडा नं ९ र १७का ८० विपन्न परिवारलाइ यु.के.बाट खाद्यान्न राहत वितरण

पो.म.नगरपालिका वडा नं ९ र १७का ८० विपन्न परिवारलाइ यु.के.बाट खाद्यान्न  राहत वितरण

जजेठ ११, पोखरा | मणी तमु | पोखरा महा नगरपालिकाका वडा नं ९ र १७का ८० सुकुम्बासी, दैनिक ज्यालादारी गर्ने तथा आर्थिक विपन्न परिवारलाई यु.के.बासी आर्थिक सहयोगी दाताहरुले पठाएको रकमबाट खाद्यान्न खरिद गरि माहिला र कान्छा(पार्वती र माया गुरुङ)ले खाद्यान्न राहत वितरण गरेकी हुन् ।

कोरोना भाईरस (कोभिड—१९) का कारण सुकुम्बासी, दैनिक ज्यालादारी गर्ने तथा आर्थिक विपन्न परिवारहरुलाई प्रत्यक्ष असर पर्न गएको र कोहि भोकै नमरुन भनि माहिला र कान्छाले देशविदेशका आफ्ना आफन्त र साथीभाईहरुसंग आर्थिक सङ्कलन गरि ८० परिवारलाई १५केजी चामल, १ केजी दल, १ लिटर तेल, आधा केजी सोईबिन खाद्यान्न बितरण गरेको हो ।

आफ्ना वडाबासीलाइ खाद्यान्न वितरण गर्न वडाध्यक्ष रामराज लामिछाने आफै उपस्थीत् भइ राहत वितरण गर्न माहिला कान्छालाई सक्दो सहयोग गरेका थिए |

लकडाउनले समस्यमा परेका परिवारलाई खाद्यान्न बितरण गरेकोमा माहिला कान्छा लगायत देश बिदेशका आर्थिक सहयोगी दाताहरुलाई धन्यवाद दिदै सबैको सुख सम्वृद्धि र सुस्वास्थ्यको शुभकामना गर्नु भयो |

राहत वितरणका लागि ज्यादै समस्यामा परेका बिपन्न परिवारका नामावली संकलन गर्न वडा न ९ र १७ का टोलका आमा समुह, सामाजिक अभियन्ताहरु र पैयोंखोलाका अरुण गुरुङ लगाएतले सहयोग  गर्नु भएको थियो |

३ हप्ताको नेपाल आएका माइला कान्छा  लकडाउनले  यु.के. फर्कन नपाई पोखरामा फसेको बेला नेपालमा समस्यमा परेका परिवारलाई आफ्नै पैसाले सहयोग गरेका थिए, उक्त सहयोग फेसबूकमा  प्रत्यक्ष प्रशारण(LIVE) गरे पछि   देशविदेशमा बसेका आफन्त साथीभाईहरुले देखेर,  राहत वितरण गर्नको लागि आर्थिक सहयोग पठाउन सुरु भयो | हाल सम्म उहाँहरुले पोखराको विभिन्न स्थानमा लाखौं रुपिया आर्थिक सहयोग तथा खाद्यान्न वितरण गरि सकेका छन् |

आर्थिक सहयोग दाताहरुको विवरण :

१) श्रीमान/श्रीमती कृष्ण थापा ज्यु र संगीता थापा ज्यु (ललितपुर- हाल लन्डन – आबिउड:- रु. १०,०००

२) श्रीमान/श्रीमती खोप बहादुर श्रेष्ठ ज्यु र अम्बिका श्रेष्ठ ज्यु (बुटवल दिप नगर हाल लन्डन – प्लमस्टीड) :- रु.३,०२४

३) श्रीमान/श्रीमती जगन बहादुर आले ज्यु र लिला आले ज्यु (गुल्मि – हाल लन्डन, प्लमस्टीड) :- रु.३,०२४

४) श्रीमान/श्रीमती जगन बहादुर गुरुङ ज्यु र मिना कुमारी गुरुङ ज्यु (घान्द्रुक,हाल लन्डन, प्लमस्टीड) :- रु.३,६२५

५) श्रीमती सरिक राई ज्यु (धरान अबिवुड युके) :- रु. २८८०

६) श्रीमान/श्रीमती बिक्रम सिंह गुरुङ ज्यु र बिष्णु कुमारी गुरुङ ज्यु (फेदी खोलाकुडुले ,हाल लन्डन, प्लमस्टीड):- रु. १२,९८०

७) श्रीमान/श्रीमती कुमार गुरुङ ज्यु र ओम देबी गुरुङ ज्यु (फेदी खोला ,देउरालि हाल लन्डन,अबिवुड):- रु.१०,०८०

८) श्रीमान/श्रीमती निर्मल थापा ज्यु, अनिता थापा ज्यु, तेरिस्वारा थापा ज्यु (स्यांग्जा बिरुवा हाल वूल्विच लन्डन) :- रु.११,५२०

९) श्रीमान/श्रीमती दुध राज ज्यु जगत माया गुरुङ ज्यु, (पोखरा राम बजार हाल रेडिंग) :- रु. १०,०००

१०) श्रीमान/श्रीमती करम गुरुङ ज्यु र हरि माया गुरुङ ज्यु (सिरुबारी पोखरा, हाल रेडिंग) :- रु १०,०००

११) श्रीमान/श्रीमती LT ढक बहादुर ज्यु र सुशिल गुरुङ ज्यु, (गोर्खा पाम सिरान चोक हाल -रेडिंग) :- रु. १०,०००

१२) श्रीमान/श्रीमती शिब कुमार गुरुङ ज्यु र सम्तेन गुरुङ ज्यु, (बुटवल – हाल- रेडिंग) :- रु. ५,०००

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments