Google search engine
Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTपोखरेली एलिना गुरुङ नेपाल स्टारको फाइनलमा प्रवेश, विभिन्न ठाउँमा भव्य स्वागत कार्यक्रम

पोखरेली एलिना गुरुङ नेपाल स्टारको फाइनलमा प्रवेश, विभिन्न ठाउँमा भव्य स्वागत कार्यक्रम

पोखरा ४ माघ । सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ की उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङ फाइनलमा प्रवेश गरेकी छिन् ।

डेञ्जर जोनमा कहिल्यै नपरेकी उनी शनिबार राति प्रशारित कार्यक्रमसँग फाइनमा प्रवेश गरेकी हुन् । एक्ली महिला फाइनल प्रतिस्पर्धी गुरुङले फाइनल प्रवेशका लागि मदन सिंह नेपाली र सुक्मित गुरुङको स्वरमा रहेको “रेलिमै रेलिमै रेलिमै लाहुरे दाईको रेलिमै” बोलको गीत दमदार प्रस्तुति गरेकी थिइन् ।

नेपाल स्टार सिजन १ मा टप ५ बाट ४ अर्थात् फाइनलमा पोखरेली चेली एलिना गुरुङसँगै काठमाडौंका सुरेश लामा, ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरे भने पोखरा कै अमिन परियारको नेपाल स्टार सिजन १ को यात्रा टुङ्गिएको छ ।

फाइनल प्रवेश गरेकी एक्ली महिला प्रतिष्पर्धी पोखरेली चेली एलिना गुरुङ आइतबार (आज) बिहान ११ बजे गृहनगर पोखरा आउने कार्यक्रम तय भएको एलिना गुरुङ जिताऔं समितिका संयोजक मेनकाजी गुरुङले जानकारी दिए । पोखरा आउँदा समितिले पोखरा विमानस्थलमा एलिनालाई स्वागत गरी पोखरा परिक्रमा गर्दै उनले अध्ययन गरेको भद्रकाली उच्च माविमा विद्याललयको तर्फबाट स्वागत कार्यक्रममा सहभागी जनाउने भएकी छिन् ।

पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम् प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले माघ ६ गते मंगलबार अपरान्ह ३ बजे पोखरा १२ माटेपानीस्थित केसी क्याटरिङ पार्टी प्यालेसमा कन्सर्ट आयोजना गरेको समितिकी सचिव रोशनी गुरुङले जानकारी दिइन् ।

गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी हुँदै फाइनल प्रवेश गराउन साथ, सहयोग र अभियान संचालन गर्ने सम्पूर्णलाई धन्यवाद एवम् आभार व्यक्त गरेकी छिन् । उपाधि दिलाउन आफूलाई सक्दो भोट गरिदिन एलिना गुरुङले सम्पुर्णलाई पुनःआग्रह गरेकी छिन् ।

एलिनालाई उपाधिका लागि NS30 टाइप गरी 33001 नम्बरमा म्यासेज पठाएर र नेपाल टेलिभिजनको एप डाउनलोड गरी नि:शुल्क र स:शुल्क भोट गर्न सकिने सहयोग समितिले अनुरोध गरेको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments