Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरेलको नेतृत्वमा चुनावी प्यानल घोषणा

पोखरेलको नेतृत्वमा चुनावी प्यानल घोषणा

भदौको २४ र २५ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशसनका लागि अर्जुन पोखरेलको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको छ । पोखरा उद्योग बाणिज्य संघलाई हाँक्नका लागि सक्षम उम्मेदवारहरुलाई एकै ठाउँमा जुटाएर उम्मेद्वारी सार्वजनिक गरिएको विहीबार, पोखरामा भएको पत्रकार भेटघाट कार्यक्रममा जनाएको छ ।

अध्यक्ष पदका लागि अर्जुन पोखरेल, बरिष्ठ उपाध्यक्षका लागि हरीहर अधिकारी, उद्योग उपाध्यक्षका लागि देवेन्द्र केसी, बाणिज्य उपाध्यक्षका लागि मुना वास्तोला रहनु भएको छ । महासचिवका लागि केशव बहादुर खत्री, उप–महासचिवका लागि हर्क बहादुर अधिकारी कोषाध्यक्षका लागि हरिराज पन्त रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बाटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलिप श्रेष्ठ, दुर्गा रञ्जित, कृष्ण कोइराला र हिमनिधि लौडारी रहनुभएको छ । ८ वुद्धे प्रतिवद्धताका साथ प्यानलको घोषणा गरिएको अध्यक्ष पदका प्रत्यासी अर्जुन पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार १ नम्बर वुद्धामा संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्ने, २ मा, पार्किङ सहितको कम्प्लेकस र संघको कार्यलय बनाइने, ३ मा संघलाई दरिलो संस्थाको रुपमा स्थापना गरिने र ४ मा नयाँ व्यवसायीहरुका लागि आकर्षित हुने कार्यक्रमको आयोजना गरिने लगायतका प्रतिवद्धता रहेको छ ।

संघको अध्यक्ष पदका लागि यसअघि पवन प्रजापतिले पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments