छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय मंगलबार एक कार्यक्रम वीच सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष दिननाथ बरालका अनुसार, स्पोर्टस् अवाडमा कुल २२ लाख ९ हजार १ सय ६३ रुपैयाँ आम्दानी भएको छ ।
त्यसैगरी १८ लाख ३४ हजार २ सय ८७ रुपैयाँ खर्च भएर कुल ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको छ । विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट २ लाख ३९ हजार रुपैयाँ संकलन हुर्दै गरेको र जस मध्ये १ लाख ३ हजार १ सय २३ रुपैयाँ भुक्तानि गर्न बाँकी रहेको छ। मञ्चले ७ वर्ष देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्डको आयोजना गर्दै आएको छ ।