Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरा बहुमुखी क्याम्पसद्वारा आयोजित सरसफाइ कार्यक्रम

पोखरा बहुमुखी क्याम्पसद्वारा आयोजित सरसफाइ कार्यक्रम

पोखरा बहुमुखी क्याम्पसद्वारा आयोजित सरसफाइ कार्यक्रम मंगलबार सम्पन्न भएकोछ । ३६औं स्थापना दिवसको अवसरमा आयोजित सरसफाइ कार्यक्रम पोखरा ९ शान्ति वनबाटिका स्थित नयाँ भवनदेखि चाइनापुलसम्म सफाइ गरि सप्पन्न भएको हो ।

कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचन र संयोजक एवं मानविकी तथा सामाजिक बिज्ञान विभाग प्रमुख पुष्पराज अधिकारीले सहभागीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर शुरुआत गरिएको थियो । उक्त स्वास्थ्य सामग्री पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाबाट उपलब्ध गराएका थिए ।

क्याम्पस वरिपरिका आमा समुह, सामुदायिक प्रहरी सेवा केन्द्र शान्तिवन, तरकारी तथा फलफूल विक्रि केन्द्र, निर्माण समिति, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, क्याम्पसका कर्मचारीहरु, बिए, बिबिएस प्रथम देखि चौथो वर्ष अध्यरत छात्रा छात्रको उपस्थिति रहेको थियो ।

यसभन्दा अगाडि अन्तर मा वि स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता वाचन तथा निबन्ध लेखन प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । भोलि बुधबार ३६औं वार्षिकोत्सब, भवन प्रवेश तथा सम्मान कार्यक्रम रहेको तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। सो कार्यक्रम हाल सञ्चालित भवन (नयाँ बजार) परिसरमा बिहान ७ बजे भेला भई बाजागाजा सहित नवनिर्मित भवन (शान्ति  वनवाटिका) प्रवेश गरि औपचारिक कार्यक्रम शुभारम्भ गरिनेछ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments