पोखराकै पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सबको अवसरमा अन्तर मा वि स्तरीय छात्रा भलिबल प्रतियोगिता बिहिवारबाट शुरु भएको छ । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचनले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले राष्ट्रिय भलिबल रेफ्रीहरु राम पुन र अजु थापालाई बल हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो ।
पोखरा ९ शान्ति वनबाटिका स्थित पोखरा बहुमुखी क्याम्पसको नयाँ भवनको प्राङ्गणमा भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा टप्स माविले गोर्खा बोर्डिङ स्कुललाई २५-१३,२५-७ ले पराजित गरेको हो ।
यस्तै दोश्रो खेलमा शान्त माविले बाजी मार्यो । शान्त माविले न्यु ग्यालेक्सी माविलाई २५-८,२५-९ सेटले हराएको हो । तेस्रो खेलमा भने पश्चिमान्चल माविले भद्रकाली माविलाई २५-७,२५-५ ले पराजित गरेको हो । चौथो खेलमा कन्या माविले महेन्द्र माविलाई २५-९ र २५-६ ले हरायो । पाचौंमा कास्की मोडनाइज माविले कालिका माविलाई २५-७ र २५-२० ले हरायो । गुरुकुल विद्यासदनले जनप्रिय माविलाई २५-१३,२५-२० हराउन सफल भयो भने रेम्बो एकेडेमी होम्स र भाष्कर मेमोरियलले वाक ओभर प्राप्त गरि क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
भोलि शुक्रबार बिहान ७:३० बजे कास्की मोडर्नाइज र रेम्बो एकेडेमी बीच पहिलो, खेल टप्स मावि र पश्चिमान्चल मावि बीच दोश्रो, शान्त मा वि र कन्या मावि बीच तेस्रो र चौथो खेल गुरुकुल विद्यासदन र भाष्कर मेमोरियल बीच हुने प्रतिस्पर्धामा बिजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । १० गते शनिबार फाइनल खेलहुने उक्त प्रतियोगितामा विभिन्न विद्यालयका १६ टोली सहभागी रहेको आयोजक संस्थाका दिल बहादुर गुरुङले गोर्खाली रेडियोले बताउनुभयो ।