Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSपोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रथम उपाधि नेपाली सेनाका धावक राजन जित्न सफल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रथम उपाधि नेपाली सेनाका धावक राजन जित्न सफल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रथम उपाधि नेपाली सेनाका धावक राजन जित्न सफल

पोखरा स्पोर्टस । नेपाली सेनाका धावक राजन रोकायाले १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिवार पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२.१९५ किमी दूरी पूरा गरी उपाधि सहित नगद रु दुई लाख प्राप्त गरेका हुन ।

म्याराथनतर्फ द्वितीय र तृतीय स्थानको उपाधि समेत सेनाका धावकहरुले प्राप्त गरेका छन । सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख पुरस्कार प्राप्त गरेका छन भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गर्दै तृतीय स्थानको पुरस्कार ७५ हजार प्राप्त गर्न सफल भए । पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थान सहित नगद २५ हजार गरेका छन ।

यस वर्ष पहिलो पटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईले हाफ म्याराथनको उपाधि जित्न सफल भएकी छन । पछाईले निर्धारित दूरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी नगद १ लाख प्राप्त गर्न सफल भइन । हाफ म्याराथनतर्फ जुम्लाकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५ सेकेण्डमा दौड पूरा गरी द्वितीय स्थान हासिल गर्न सफल भई रु ७५ हजार पुुरस्कार प्राप्त गरेकी छन ।

सशस्त्र प्रहरी बलका व्रिन्दा श्रेष्ठले १ घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान प्राप्त गर्दै नगद ५० हजार तथा नेपाल प्रहरीका रेखा विष्टले १ घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गर्दै नगद १५ हजार पुरस्कार प्राप्त गरेकी छन । पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएकामा म्याराथनमा २०९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएका थिए ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ, हिमेक्स नेपालका अध्यक्ष विक्रम पाँडे काजी लगायतले नगद तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश र पोखरालाई खेल पर्यटनको राजधानी बनाउनका लागि विभिन्न सङ्घ संस्थाले गर्ने प्रतियोगिताले मद्धत पुगेको बताउँदै प्रदेश सरकार खेलकूद विकासमा प्रतिवद्ध रहेको बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुद मार्फत पर्यटन प्रवर्द्र्धन गर्न पोखरा म्याराथनले महत्वपूर्ण भूमिका खेलेको बताए ।

आयोजक संस्थका अध्यक्ष तेज गुरुङले सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चूनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको बताएका छन ।

विगतका संस्करणमा म्याराथन सहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरुलाई फरक फरक मितिमा आयोजना गरिएको छ । जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ । १० किमी महिला–पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र–छात्रा दौड आगामी वैशाख ४ गते हुनेभएको छ ।

सहारा युकेको पोखरा म्याराथनलाई सहयोग

यसै विच सहारा यूकेले पोखरा म्याराथनल सफल बनाउन नगद १ लाख ५० हजार सहयोग गरेको छ । सहारा युकेका महासचिव धनु थकालीले समापन कार्यक्रममा मञ्चका अध्यक्ष गुरुङलाई नगद १ लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन । महासचिब थकालीले पोखरा म्याराथनको भव्य सफलताको कामना समेत गर्दै पोखरा म्याराथनको गरिमा उच्च रहेको बताए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments