Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरासहित कास्की जिल्लाभर मंगलबार रातिदेखि निषेधाज्ञा जारी

पोखरासहित कास्की जिल्लाभर मंगलबार रातिदेखि निषेधाज्ञा जारी

पोखरा, भदौ ७
पोखरासहित कास्की जिल्लाभर मंगलबार रातिदेखि  निषेधाज्ञा जारी

आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी  पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले  आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ |

आज बिहान बसेको जिल्ला स‌ंकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कास्की  पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि  भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको महानगर प्रमुख मान बहादुर जिसीले बताए ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा  निजि, सार्वजनिक संघ  संस्था सहित  सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने मेयर जिसीले बताए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments