Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरामा २४ औं सडक महोत्सव

पोखरामा २४ औं सडक महोत्सव

पोखराको आयोजनामा २४ औं सडक महोत्सव हुने भएको छ । ‘सडकमै नाचौं, सडकमै खाउ’ भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरिएको हो । आगामि पुस १३ देखि हनु लागेको महोत्सव पाँच दिन सम्म चल्ने विहीबार पोखरामा भएको पत्रकार सम्मेलनमा जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल को रूपमा विकास गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको रेवानका अध्यक्ष नरेश बहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा ६, लेकसाइड स्थित खहरे देखि हल्लनचोक हुँदै फिस्टेल गेटसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सवमा ७ वटै प्रदेशको विभिन्न सामुदायको कला झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिइने छ भने, चीनियाँ कला सँस्कृति पनि प्रदर्शन गरिनेछ ।

महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, कन्सर्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, झाँकी प्रदर्शन, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर दौड लगायतको प्रतियोगिता हुनेछ । उक्त अवसरमा बोल्नुहुँदै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवले पर्यटन पवद्र्धनमा टेवा मिलेको विश्वास व्यक्त गर्नुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments