पोखरामा सम्पन्न १० किमि दौड अजित र सरस्वतीले जिते
पोखरा स्पोर्टस । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तगर्त शनिवार सम्पन्न १० किमि पुरुषतर्फको दौड अजित कुमार यादव र महिलातर्फ काठमाण्डौकी सरस्वती बोहोराले जितेका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपुर्व खेलाडी मञ्च द्वारा आयोजित पुरुषतर्फ १० किमि दौड अजितले ३० मिनेट ४५.२० सेकेण्डमा पुरा गरेका हुन् । उनी सन २०१९ मा हङकङमा सम्पन्न ३ हजार मिटर दौडतर्फ एशियन युथ एथलेटिक्सका स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । पोखरामा पहिलो पटक १० किमि दौडमा सहभागि भएका अजितले दौड जिते संगै नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र समेत हात पारे ।
यसै गरी पुरुष तर्फ नै स्याङजाका युवराज थापाले ३२ मिनेट ५०.३० सेकेण्डमा दौड पुरा गर्दै दोश्रो र काठमाण्डौका टंक बहादुर कार्कीले ३३ मिनेट ०५.५० सेकेण्डमा दौड पुरा गरी तेश्रो भए । उनीहरुले क्रमश नगद १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यता महिलातर्फको १० किमि दौडमा काठमाण्डौकी सरस्वती बोहोराले ३९ मिनेट ३५.२० सेकेण्डमा दौड पुरा गर्दै पहिलो बनिन् भने शसस्त्र प्रहरी बल एपिएफ क्लवकी आशा रावतले ४० मिनेट १०.४० सेकेण्डमा दौड पुरा गर्दै दोश्रो र पोखराकी गोमा पुनले ४३ मिनेट ५९.४० सेकेण्डमा दौड पुरा गरी तेश्रो भइन् । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगिता अन्तर्गत नै भएको छात्र ५ किमि दौडमा थापा ठाना मावि पर्वतका आनन्द थापाले १७ मिनेट ०५.०८ सेकेण्डमा दौड पुरा गर्दै प्रथम, कालिगण्डकी मावि पर्वतका कृष्ण बहादुर परियारले १७ मिनेट २९.०९ सेकेण्डमा दौड पुरा गरी दोश्रो र मण्डली मावि गोरखाका सुरज बरामले १७ मिनेट ४१.४० सेकेण्डमा दौड पुरा गरी तेश्रो भए ।
५ किमि छात्रा दौडमा तनहुँ भानु माविकी नर्मता गुरुङले २२ मिनेट ५०.३० सेकेण्डमा दौड पुरा गरी प्रथम, पोखरा छोरेपाटन माविकी नारायणी भण्डारीले २३ मिनेट ०३.१० सेकेण्डमा दौड पुरा गरी दोश्रो र भानु मावी तनहुँकी सन्ध्या अधिकारी २३ मिनेट २०.३० सेकेण्डमा दौड पुरा गर्दै तेश्रो भइन् । छात्र र छात्रातर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश नगद रु १०, ७ र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको ह्विल चियर पुरुष इभेन्टतर्फ सुरेश गौली प्रथम, जिवन श्रेष्ठ दोश्रो र भरत अधिकारी तेश्रो भए भने महिलातर्फ अन्जु बराल, घना मगर र लक्ष्मी सुनार क्रमश पहिलो दोश्रो र तेश्रो हुँदै क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र पमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी दृष्टिविहिन पुरुष दौडतर्फ प्रेम क्षेत्री पहिलो, आदेश बस्याल दोश्रो र सुनिल राना मगर तेश्रो भए । महिला दृष्टि विहिन दौडमा विनिता पुन, माया गौतम र प्रतिक्षा लामिछाने क्रमश पहिलो, दोश्रो र तेश्रो हुँदै नगद रु १०, ७ र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ १० किमि दौडमा २ सय जना, महिला १० किमि दौडमा १ सय जना, ५ किमि छात्रतर्फ ३ सय जना र ५ किमि छात्रा तर्फ २ सय गरी ८ सय जना दौड पुरा गर्ने खेलाडीहरुलाई मेडल वितरण गरिएको थियो ।
दौड विजेताहरुलाई वरिष्ठ मुटु रोग विशेषज्ञ तथा काठमाण्डौ इन्सिच्युट अफ चाइल्ड हेल्थका निर्देशक प्रा.डा.भगवान कोइराला, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, कुमुदिनी होम्सका निर्देशक अशोक पालिखे, नेपाल होटल एण्ड टुरिजम होटल म्यानेजमेन्टको वोर्ड अफ डाइरेक्टर किरण केसी, कृषि विकास बैंकका गण्डकी प्रदेश निर्देशक घनेन्द्र अधिकारी, मञ्चका सल्लाहकार महेश गुरुङ, पूर्व अन्तर्राष्ट्रिय खेलाडी मञ्चका सल्लाहकार गणेश भट्टराई, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।
यस अघि पोखरा रंगशालाबाट सुरु भएको दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले गरेका थिए । प्रतियोगितामा विभिन्न इभेन्टमा गरी करिव ३ हजार ५ सय जनाको सहभागिता रहेको थियो ।
पोखराको औधोगिक घराना लक्ष्मी हाउसको सुजल डेरीको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, कृषि विकास बैंक लिं, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, स्पोर्टस वेयर एक्स–टेप र केल्मी, पोखरेली मञ्च युके, तमु धिं युके, योगेश गुरुङ (युके), सहारा युके, बगर भाई खलक युके अध्यक्ष दिलरास गुरुङ, दुर्गा गुरुङ अर्मला (हाल युके)ले सहयोग गरेका थिए ।
त्यसै गरी एप्रिला स्कुटरको अधिकृत विक्रेता सिताज लाइफ, हिमालयन कम्पुयुटर, एडभेन्चर नेपाल, गोकर्ण कार्की, कुमुदिनी होम्स मावि, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, बिनोद गुरुङ, बिनोद कायस्थ, जोनी पाहारी (युके) लेकसाइड, हिमा अस एजुकेशन कन्सलटेन्सी, प्रा.डा. विरेन्द्र सिंह गुरुङ, मेजर लक्ष्मी प्रसाद गुरुङ, नेपाल होटल एण्ड टुरिजम होटल म्यानेजमेन्टको वोर्ड अफ डाइरेक्टर किरण केसी किरण केसी, दुतमान गुरुङ, बुद्धाचार्य आभुषण, काठमाण्डौ इन्सिच्युट अफ चाइल्ड हेल्थ, करुणा फाउण्डेशन नेपाल, काठमाण्डौले प्रतियोगिता सफल बनाउन सहयोग गरेका छन् । प्रतियोगिताको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा हुन ‘रन फर फन’ मा ८४ वर्षिक पूर्ण प्रसाद तुलाचनले ५ किमि दौड र ७५ वर्षिय टंकलाल श्रेष्ठले १० किमि खुला पुरुषतर्फको दौड पुरा गरेका थिए । प्रतियोगितामा वरिष्ठ मुटु रोग विशषज्ञ प्रा.डा. भगवान कोइरालाले ५ किमि दौड पुरा गरेका थिए ।
समापन कार्यक्रममा हार्मोनी ग्रुप पोखरा र हिमाली सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । समापन कार्यक्रम मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो ।
Photo Album 1 : https://www.facebook.com/media/set/?set=a.1659103031095070&type=3
Photo Album 2 : https://www.facebook.com/media/set/?set=a.1659103024428404&type=3
Photo Album 3 : https://www.facebook.com/media/set/?set=a.1659135531091820&type=3
Photo Album 4 : https://www.facebook.com/media/set/?set=a.1659144974424209&type=3
More Photo Album : Visit Here https://www.facebook.com/mani.gurung.tamu/photos/