तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमु र तमु धिं नेपाल केन्द्रिय अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा बुधबार तमु प्ये ल्हु संघ र तमु धिं नेपाल बीच संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठकमा आगामी पुस १६ गते तमु ह्युइ ल्हो आगमनको अवसरमा शुभकामना र्याली तथा बृहत कार्यक्रम गरिने बारे छलफल भएको थियो । तमु प्ये ल्हु संघको प्राङ्गणमा बसेको संयुक्त बैठकमा छलफल पछि एकैठाउँमा ‘तमु ह्युइ ल्हो’ मनाउने निर्णय भएको हो ।
‘तमु ह्युइ ल्हो’ को अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदानप्रदान कार्यक्रम पोखराको रंगशालामा गरिंदैछ । ¥याली र अन्य कार्यक्रम कहाँबाट निकाल्ने भन्नेबारे अर्को बैठकले तय गर्नेछ । अर्को बैठक मंसिर २३ गते तमु धिं नेपाल नयाँ बजार पोखरामा बस्दैछ ।
बैठकमा तमुको दुई माउ संस्था तमु प्ये ल्हु संघ र तमु धिं नेपालका अध्यक्षद्वय हितकाजी तमु र हुमबहादुर तमुले एउटै आवाजमा भनेका छन कि ‘विगतका वर्षहरुमा पुस १५ जे जसरी मान्दै आए तापनि यो वर्ष ब्यानरमा ल्होसार÷ल्होछार नलेखी ‘तमु ह्युइ ल्हो’ (बिरालो बर्ग) को शिर्षकमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागेका हौं । निश्चय पनि तमु एकताका लागि समुदायमा सकारात्मक संदेश जानेछ ।’