Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखराका तीन विद्यलयलाई विभिन्न सामग्री वितरण

पोखराका तीन विद्यलयलाई विभिन्न सामग्री वितरण

स्वाबलंबन जीवन पद्धती केन्द्र पोखराले पोखरा महानगरपालिकाको तीन विद्यलयलाई शैक्षिक सामग्री, खेल सामग्री र टीभी लगायतका २० थरीका सामग्री वितरण गरिएको छ । ह्याण्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा (युएसएआइडी)को आर्थिक सहयोगमा कास्की जिल्लामा सञ्चालन गरिरहेको “सबैका लागि पढाइ कार्यक्रम“ परियोजना अन्तर्गत, विद्यालयहरुलाई सहयोग गरिएको हो । अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत श्रोत कक्षाको स्तरउन्नतिका लागि विभिन्न सामग्री सहयोग स्वाबलंबन जीवन पद्धती केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले जानकारी दिनुभयो । अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सात लाख मूल्य बराबरको सामाग्री प्रदान गरिएपनि उहाँले जानकारी दिनुभयो ।

पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टिका मा.वि.का बौद्विक अपाङ्गता विद्यार्थीहरुका लागि सामाग्री वितराण गरिएको हो । विद्यालयलाई स्मार्ट टिभि, राउण्ड टेबल, पि. फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, लगायतका २० प्रकारका सामग्री प्रदान गरिएको छ । कुँडहर आधारभूत विद्यालयलाई ८ थान स्मार्ट ट्याब्लेट समेत हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले अमरसिंह माविका प्रधानध्यापक तेजस्वी वराल, सरस्ती टीका माविका प्रधानध्यापक सुर्य प्रसाद अधिकारी, कुँडहर आधारभुत विद्यालय स्रोसत शिक्षक मिना गुरुङलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा बोल्नुहुँदै, उप–प्रमुख गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकार प्राप्तीका लागि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका शिक्षा महाखा सँग सहकार्य गरी शिक्षा क्षेत्रमा लागि पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments