Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपैयुँखोलामा पाहुना स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न !!

पैयुँखोलामा पाहुना स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न !!

पैयुँखोला तमु समाज पोखराको आयोजनामा बिहीबार यूकेदेखी नेपाल बिदामा आउनु भएका पाहुनाहरुलाई पोखरा-१४ काजीपोखरी स्थित रहेको पैयुँखोला तमु समाज भवनको सभाहलमा एक साँस्कृतिक कार्यक्रम बीच स्वागत तथा सम्मान गरियो ।

पैयुँखोला तमु समाज पोखरासँग आवद्ध सदस्यहरु प्रवासको जुनसुकै ठाउँमा कर्मथलो बनाएर बसेकाहरु नेपाल बिदामा आएको बखत समाजले यसैगरी स्वागत सम्मान गर्ने गर्दछ । यसैक्रममा हिजो पैयुँखोला तमु समाज यूकेमा समेत आवद्ध रहेका अमर बहादुर प्हच्यु तमु (भोक्सिङ सर्बुडाँडा), राजन ल्हेंगे तमु “राजु” (नुवाखर्क) र केश बहादुर सर्बुजा तमु (दुक्तान ढाँडखर्क) लगायत उहाँहरुको परिवारलाई समाजद्वारा आयोजित कार्यक्रममा स्वागत तथा सम्मान गरिएको हो ।

यसरी स्वागत तथा सम्मान कार्यक्रममा पर्वत, पैयुँखोला सेरोफेरोमा प्रचलित मौलिक लोक भाकाहरु जस्तै सालै जो, झ्याउरे, चुट्का, ठाडो भाका आदि प्रस्तुत गरेका थिए ।

यसरी हिजो पैयुँखोलामा सम्पन्न पाहुना स्वागत तथा सम्मान कार्यक्रममा यूकेदेखी आउनुभएका अमर बहादुर प्हच्यु तमु, राजन ल्हेंगे तमु र केश बहादुर सर्बुजा तमुले समाजलाई आर्थिक सहयोग पनि गरेका छन् । जसमध्ये प्रति पाहुनाबाट रु.५१,०००/- का दरले तीनजना पाहुनाबाट जम्मा रु.१,५३,०००/- दान स्वरुप सहयोग प्राप्त भएको छ भने नाचमा रु.२९,६८५/- गरी जम्मा रु.१,८२,६८५/- (अक्षरुपी एक लाख बयासी हजार छ सय पचासी रुपैयाँ समाजलाई सहयोग प्राप्त भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments