Sunday, June 26, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपूर्वी चितवन तमू समाजद्वारा प्रनिरीक्षक कुमार गुरुङ सम्मानित

पूर्वी चितवन तमू समाजद्वारा प्रनिरीक्षक कुमार गुरुङ सम्मानित

पूर्वी चितवन तमू समाजद्वारा प्रनिरीक्षक कुमार गुरुङ सम्मानित

चितवन, १५ जेठ। पुर्बी चितवन तमु समाजले प्रहरी निरीक्षक कुमार गुरुङलाई सम्मान गरेको छ। जेठ २ गते परेको बुद्ध जयन्तिको अबसरमा गरिने भनेको सम्मान कार्यक्रमलाई शनिबार पुर्बी चितवन तमु समाज राप्तिले सम्पन्न गरेको हो।

समग्र गुरुङ जातिको पहिचान र इज्जत बनेर जनताको लागि दिलो ज्यान लगाएर आपत विपद र जन धनको सुरक्षाको निमित्त अहोरात्र  खटिएका व्यक्तिलाई सम्मान गर्न पाउदा  पुर्बी चितवन तमु समाज राप्तीले गर्व महशुस गरेको अध्यक्ष लेख बहादुर गुरुङले भन्नु भयो।

पुर्बी चितवन तमु समाज राप्तीको आफ्नै समाज घरमा राखिएको नव निर्बाचित जन प्रतिनिधिहरुलाई बधाई तथा सुभकामना आदान प्रदान कार्यक्रममा जेठ २ गते गरिने सम्मान कार्यक्रमलाई पनि जोडिएको थियो।

उक्त कार्यक्रमको सभाध्यक्षमा  पुर्बी चितवन तमु समाज राप्तीका अध्यक्ष लेख बहादुर गुरुङ रहनु भएको थियो  ।  प्रमुख अतिथिमा राप्ती नगर पालिकाको  नगर प्रमुख शम्सेर लामा , विशिस्ट अतिथि राप्ती नगर पालिकाको  नगर उप प्रमुख देबेन्द्र लामा , राप्ती ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी र समाज घरको लागि जग्गा दान गर्नु हुने खगेन्द्र कुमार घले रहनु भएको थियो।

यस क्षेत्रमा भर्खर मात्र नियुक्ति भएको तर पनि यसरि सम्मान पाउदा थप हौसला र जोश आएको र जनताको सुरक्षाको निमित्त २४ घण्टा नै आफु सतर्क भएको र जनताको लागि हरपल लागि पर्ने प्रहरी निरीक्षक कुमार गुरुङले बताउनु भयो।

२०७३ सालमा प्रहरी सहायक निरीक्षक पदमा रहेर विभिन्न जिल्लामा कर्मठ र इमान्दार बनि जनताको सेवा गर्दै आउनु भएको  कुमार गुरुङ २०७५ साल बैशाख ०५ गते प्रहरी निरीक्षकमा बढुवा भएर जन धन सुरक्षा र आपत विपदको समयमा जनताको लागि खटिएर समग्र गुरुङ जातिको शिर ठाडो पार्ने काम गरेकोले सम्मान गरिएको र आगामी दिनमा पनि कर्मठ र अनुशासित बनेर जनताको सेवामा लाग्दै अझै प्रगति उन्नतिको लागि कामना गर्दै  सम्मान गरेको  कार्यक्रम संयोजक राजन दिल गुरुङले बताउनु भयो।

१५, जेठ २०७९

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments