पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ९७ औं जन्म जयन्ती अमेरिकामा मनाईयो ।
अमेरिका । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ९७ औं जन्म जयन्तीको अवसरमा बिहिबार अमेरिकामा विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय कोईराला को जन्म जयन्तीको अवसरमा KBF Peanut Butter Dark Chocolate Bars ५ सय बाकस न्यूयोर्कको ज्याक्सन हाईट्सको डाईभरसीटी प्लाजाबाट गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले नेपाली तथा अन्य समुदायका नागरिकहरुलाई वितरण गरेको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले गोर्खाली रेडियोसँगको कुराकानीमा जनाएका छन् । फाउण्डेसनका अध्यक्ष घिमिरेले सो अवसरमा ५ सय ग्यालन शुद्व दुध पनि निशुल्क वितरण गरेको जनाउनु भएको छ ।
ब्रुक्लिनबोरोका प्रेसिडेण्ट एरिक अडाम्सले गिरिजा वावुको जन्म जयन्तीकै अवसर पारेर ५ सय बाकस चकलेट सहयोगस्वरुप फाउण्डेसनलाई प्रदान गरेका थिए। सो चकलेट वितरण नेपाली काँग्रेसका युवा नेता एवं एन.आर. एन.ए.अमेरिकाका सल्लाहकार श्यामकाजी गुरुङले नेपाली तथा अन्य समुदायका नागरिकहरुलाई प्रदान गर्नु भएको थियो।
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका अध्यक्ष सोमनाथ घिमिरेले गोर्खाली रेडियोसँग कुराकानी गर्नुहुँदैं सो कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा,केन्द्रीय सदस्य सूर्य सिम्खडा,नेविसंघका केन्द्रीय सदस्यहरु ने. वि. संघ केन्द्रीय सदस्यहरु अन्जन चौंलागाई , ज्ञानल थापा,अन्य महानुभावहरुमा रेखा श्रेष्ठ, प्रदिप लामिछानेको सहभागितामा स्वयंसेवा प्रदान गरि पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको जन्म जयन्ती अमेरिकामा विविध कार्यक्रमहरु गरेर मनाईएको बताउनु भएको छ ।
जन्म जयन्ती मनाउने क्रममा नेपाली अमेरिकन कलाकार संघलाई-सदस्य मधुर गिरी मार्फत ८० ग्यालन दुध,४० बाक्स चकलेट बार, स्याङजा समाज अमेरिकालाई-सदस्य दिनेश भण्डारीमार्फत ४० ग्यालन दुध , ५० बाक्स चकलेट बार, ठकुरी समाज अमेरिकाकी उपाध्यक्ष विमला हमाल श्रेष्ठमार्फत ८० ग्यालन दुध, वर्ल्ड कनेक्सन यु.एस.ए ईन्कका प्रेसिडेण्ट आङ गेलु शेर्पा र एन.आर. एन. अमेरिकाका पूर्वउपाध्यक्ष टेम्बा शेर्पामार्फत १६० ग्यालन दुध, LOH-NYC की डाइरेक्टर केयला सर्जियोलाई १ सय ग्यालन दुधसमेत गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना महामारीको विषम परिस्थितिमा नेपाली तथा अन्य समुदायका नागरिकहरुलाई राहतस्वरुप हस्तान्तरण गरेको थियो।