पर्वत दुर्लुङ्गका पहिरोपीडितहरुलाई दुर्लुङ्ग समाज युकेद्वारा ९ लाख ६४ हजार सहयोग
पर्वतगत १३ जुन शनिबार राती पर्वतको दुर्लुङ्ग काउँलेमा गएको पहिरोबाट पीडित परिवार र लकडाउनबाट प्रभावितहरुलाई बेलायतमा क्रियाशिल दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोही रात उक्त पहिरोका कारण थापा परिवारका ६ जना र बिक परिवारको ३ जनाले ज्यान गुमाएका थिए ।