२०७७ श्रावण १२, सोमबार
पोखरा । दुर्लुङका पहिरो पिडितलाई पर्वत मञ्च हङकङले ११ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोमबार एक कार्यक्रमक बिच पिडितहरुलाई सहयोग हस्तान्तरण गरेको हो ।
यही २०७७ जेठ ३१ गते बेलुका ८.३० बजे गएको दुर्लुङका पहिरो पिडितलाई पर्वत मञ्च हङकङले सहयोग गरेका हुन् । उक्त पहिरोमा मृत्यू भएका ९ जनालाईका परिवारलाई जनही एक लाख पन्ध्र हजार रुपैयाँ दरले १०,३५,००० रुपैया र ६ जना सामान्य क्षती भएका लाई जनही १५,००० हजारको दरले ९०,००० रुपैयाँ राहत हस्तन्तरण गरेका हुन् ।
कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्याको अध्यक्षता भएको थियो भने प्रमुख अतिथिका अतित्यथा पर्वत मञ्च हङकङका प्रतिनिधी एंव चार भञ्ज्याङ तमु समाजका निवर्तमान अध्यक्ष गंगाबहादुर गुरुङले गरेका थियो ।
राईजिङ स्टार युथ क्लव पोखरा २७, रिठ्ठेपानीका अध्यक्ष एंव समासेवी बिष्णु गुरुङ, दुर्लुङ स्थित बिभिन्न संघ संस्था, आमा समुह, युवा समुह, क्लबका अध्यक्ष तथा प्रतिनिधीको एबं समाजसेवी भद्र भलाद्मी साथै बयोबृद्ध बुवा कप्तान गुनबहादुर गुरुङ र आमा पदमसुवा गुरुङको उपस्थिती रहेको थियो । कार्यक्रममा ९ जना मृतक मध्ये तुलबहादुर थापा र मिना थापाको छोरा सम्राट थापा र विविशा थापाको पिता श्री अम्मरबहादुर थापालाई ४ जनाको ४,६०,००० रुपैया, ( दिर्पा थापा र बिबेक थापाको नजिकको हकदार उहाँहरुको घर परिवारले पाउने गरी नजिकको हकदार दिर्पा थापाको दाई र बिबेक थापाको मामा अम्मरबहादुर थापालाई २ जनाको २,३०,०००रुपैया, कमला वि.क को पति जेनिश वि.क र प्रमिशा वि.क का पिता बिकास वि.कलाई ३ जनाको ३,४५,००० रुपैयाँ साथै सामान्य क्षती भएका ६ जना भुवन गिरी, नन्दी गुरुङ, पशुपती थापा, उजेली शर्मा, हस्तदेवी पाध्या र बिनोद सार्कीलाई १५,००० रुपैयाँका दरले ९०,००० रुपैयाँ आर्थिक राहत बितरण गरिएको मदन गुरुङले जनकारी दिए ।
दुर्लुङसंग नाता रहेका पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलन (दुर्लुङबासीको ज्वाई)को प्रमुख सक्रियता उपाध्यक्ष भिम गुरुङ (दुर्लङको छोरा) महासचिब बिद्या गुरुङ डेविड (दुर्लङको छोरा) सचिव मन्जिल गुरुङ (दुर्लङको भान्जी) को सक्रियतामा साथै हङकङका आर्थर डाँडाखर्क सहयोग सिमित, पञ्चासे सहयोग समिति, देउपुर देउराली समाज, बाजुङ समाज, पर्वत पुन मगर समाज, सुकुटी ग्रुप, पैंयु खोला समाज, तमु समाज, चार भञ्ज्याङ तमु समाज र भुक समाजको सहभागीमा दुर्लुङ पहिरो पिडितलाई अझ सम्म उपलब्ध भएको ठूलो राहत रकम उपलब्ध गराउनु भएको हो ।
कार्यक्रममा संयोजक प्रितम गुरुङ र सहसंयोजकमा गणेश गुरुङले आर्थिक संयोजक जयन्द्रमान गुरुङ, ब्यवस्थापक प्रभु गुरुङले भूमिका निर्वाह गरेका थिए । उक्त राहत रकम सामान्य क्षती भएकालाई बयोबृद्ध बुवा कप्तान गुनबहादुर गुरुङ आमा पदमकुमारी गुरुङ र कार्यक्रमका अध्यक्षता गरेका कुश्मा नगरपालिका वडा नं.३ का अध्यक्ष तेजप्रसाद पाध्याले र प्रमुख अतिथि गंगाबहादुर गुरुङले ९ जना मृतकका परिवारलाई राहत रकम हस्तान्त्रण गरेका थिए ।
मिलन वल्ड न्यूजका प्रबन्ध निर्देशक, स्वतन्त्र फोटो पत्रकार मनिलाल गुरुङ, फेवा टेलिभिजनबाट रुद्र श्रीस मगर र सन्तोष वि.क को उपस्थिती रहेको थियो ।
राहत बितरण कार्यक्रमको स्वागत कार्क्रम संयोजक प्रितम गुरुङ, अमर दिर्पा अक्षकोष सम्बन्धी जानकारी ब्यवस्थापक प्रभु गुरुङ, पर्वत मञ्च हङकङको अध्यक्ष दुर्गा गुरुङको मनतब्य र आर्थिक बिवरण आर्थिक संयोजक जयन्द्रमान गुरुङ, प्रमुख अतिथिको मनतब्य चार भञ्ज्याङ तमु समाजको निवर्तमान अध्यक्ष एंव पर्वत मञ्च हङकङका प्रतिनिधी गंगाबहादुर गुरुङ, धन्यवाद तथा सुकुटी ग्रुपको मनतब्य सहसंयोजक गणेश गुरुङले गरेको थियो भने कार्यक्रम संचालन मदन गुरुङले गरेका थिए ।
फोटो एल्बम (Photo Album)
{AG}durlung-badi-pidit-rahat-vitaran{/AG}