Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONपर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पर्वत : कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएपछि पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ।

 

 

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्रीका अनुसार कोरोना परीक्षणका लागि अस्पताल पुगेकामध्ये ७२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित भएपछि सेवा दिने जनशक्ति नभएको र अस्पताललाई निसङ्क्रमित गर्नुपर्ने भएका कारण माघ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न लागिएको हो।

‘९ देखि १४ गतेसम्मका लागि अस्पतालको आकस्मिक सेवा र फिभर क्लिनिक बाहेकका अन्य सेवा बन्द गरिएको छ। अधिकांश जनशक्ति सङ्क्रमित भएपछि सेवा दिने अवस्थामा पुगेका छौँ’, उनले भने, ‘यो वेला सङ्क्रमित भएका स्वास्थ्यकर्मी आउने कुरा नै भएन।’

हालसम्म अस्पतालमा कार्यरतमध्ये चारजना चिकित्सक र १२ जना स्वास्थ्यकर्मी गरी १६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

डा. क्षेत्रीले अहिले तेस्रो लहरको सुरुवाती दिनहरूको सङ्क्रमण चलिरहेका कारण सावधानी नअपनाउने हो भने समुदायका धेरै नागरिक सङ्क्रमणको जोखिममा रहको जानकारी दिए।

दैनिक ३० जनासम्मको परीक्षणमा एकै दिनमा ८७ प्रतिशतसम्म पोजेटिभ देखिएकोमा अहिले ७२ प्रतिशत सङ्क्रमण दर देखिएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments