Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपर्वतका मतदान अधिकृतहरुलाई प्रशिक्षण

पर्वतका मतदान अधिकृतहरुलाई प्रशिक्षण

आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा खटीने पर्वतको प्रदेश सभा ‘ख’ अन्तर्गतका कर्मचारीहरुलाई प्रशिक्षण दिइएको छ ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार मतदान केन्द्रमा जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिइएको हो । कुश्मा नगरपालिकाभित्रका १७ स्थानमा रहेका ३८ मतदान केन्द्रका ७६ जना कर्मचारीहरुलाई पर्वत उद्योग वाणिज्य संघको हलमा तथा जलजला गाउँपालिकाका १२ स्थानमा रहेको २१ वटा केन्द्रका ४२ जना र मोदी गाउँपालिकाका १० स्थानमा रहेका २३ वटा केन्द्रका ४६ जना कर्मचारीहरुलाई जिल्ला समन्वय समितिको सभा हलमा प्रशिक्षण दिइएको हो ।

सोमबार पैयूँ गाउँपालिकामा रहेका ७ वटा मतदान स्थालका १४ वटा केन्द्रका २८ जना र बिहादी गाउँपालिकाका ७ स्थानमा रहेका १३ वटा मतदान केन्द्रका २६ जनालाई पर्वत उद्योग वाणिज्य संघको हलमा तथा फलेवास नगरपालिकाका १४ स्थानमा रहेका २८ मतदान केन्द्रका ५६ जना र महाशिला गाउँपालिकाका ७ स्थानमा रहेका ११ वटा मतदान केन्द्रका २२ जनालाई जिल्ला समन्वय समितिको सभा हलमा प्रशिक्षण दिन लागिएको छ ।

निर्वाचन अधिकारी शर्माका अनुसार मतदान केन्द्रमा पुग्ने समय, त्यहाँ पुगेर गर्नुपर्ने पूर्व तयारी, राजनितीक दलहरुसँग गर्ने सहकार्य, निर्वाचन आचारसंहिताको कार्यान्वयन र मुख्य गरी निर्वाचनको दिनमा कर्मचारीहरुले गर्नुपर्ने कामको बारेमा जानकारी दिइएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments