Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनेलम्बो नेपालद्वरा फोनिज कास्कीलाई स्वस्थ्य सामाग्री हस्तान्तरण

नेलम्बो नेपालद्वरा फोनिज कास्कीलाई स्वस्थ्य सामाग्री हस्तान्तरण

नेलम्बो नेपालद्वरा फोनिज कास्कीलाई स्वस्थ्य सामाग्री हस्तान्तरण
पोखरा, २९ असोज
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीलाई नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ।

विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइसको जोखिम अवस्थालाई मध्यनजर गर्दै, नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।

आज पोखरा गैह्रापाटन स्थित पोखरा थ्रिएटर भवनमा एक कार्यक्रमकाबीच फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङलाई नेलम्बु नेपालका अध्यक्ष एकदेव देवकोटाले सामग्री हस्तान्तरण गर्नुभएको थियो । नलम्बोले धेरै संघ संस्थालाई सहयोग गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै, अध्यक्ष देवकोटाले संस्थाले फन्ट लायन बसेर काम गर्ने क्षेत्रलाई प्राथामिकता दिइएको बताउनुभयो ।

सरकारी तथा गैर सरकारी संस्था सवैलाई नेलम्बो नेपालले समान रुपमा सहयोग गर्दै आएको छ ।

कोरोना भाइरस रोक थाम तथा नियन्त्रणका लागि फोनिजलाई २० हजार मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग आज फोनिज कास्कीलाई हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्पर्क सुपर भाइजर भिमप्रसाद भण्डारीले बताउनुभएको थियो।

स्वास्थ्य सुरक्षा सामग्रीले कोरोना भाइरसको जोखिमपूर्ण अवस्थामा अग्रपंक्तिमा बसेर काम गर्ने क्रममा कोरोना भाइरसबाट जोगिन सक्ने विश्वास राख्दै, सहयोगको लागि आभारी अध्यक्ष गुरुङले व्यक्त गर्नुभयो।

कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक डाक्टर किसन कोइराला, आदिवासी जनजानि फोनिज गण्डकी प्रदेश अध्यक्ष एमवि आस्थामगर, महासचिव रुद्रमहादुर श्रीसमगर, पोखरा थ्रिएटरका संरक्षक शंकर कोइराला लगायतको सहभागि रहेको थियो ।

आदिवासी जनजाती पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गूरुङको अध्यक्षतामा भएको कार्यक्रममको सञ्चालन नेलम्बो नेपालका जनसम्पर्क सुपर भाइजर भिमप्रसाद भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य फोनिज कास्कीका कार्यसमिति सदस्य सम्राट गुरुङले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments