नेपाल सरकारका २ जना तमू शाखा अधिकृतहरु उपसचिव परीक्षामा सफल
३, पौष २०७८ | काठमाण्डौ । नेपाल सरकारको निजामती कर्मचारी अन्तर्गत शाखा अधिकृत रहेका २ जना तमूहरु उपसचिव नाम निकाल्न सफल भएका छन्। लोकसेवा आयोगले केहि समय पहिलेदेखि लिएको उपसचिव परीक्षाको विभिन्न चरणहरु पार गरेर शुक्रबार भएको नतिजामा उनीहरुले नाम निकाल्न सफल भएका हुन्।
लोकसेवाले लिएको उपसचिवको परीक्षामा सफल हुनेहरुमा गोरखा गण्डकी गाउँपालिका ६ भुम्लिचोक घर भएका राकेश तमू र रुकुम सानीभेरी ३ घर भएका महेशकुमार तमू रहेका छन्। उनीहरुले क्रमशः ३ र १५ नं.मा नाम निकाल्न सफल भएका छन्।