नेपाल मगर संघ दीप बगर ईकाई समिति पोखरा – १ वगरको एक कार्यक्रमवीच शनिबार भवन उद्घाटन गरिएको छ । पोखरा १६ सगरमाथा टोल स्थित समितिको नव निर्मीत भवनको उद्घाटन प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष संगिता पुनमगरले गर्नुभएको हो । गएको साउन ७ गते देखि निमार्ण भएको भवन ५ महिना (मंसिर ९) मा सम्पन्न भएको थियो । भवन ५५ लाख ७५ हजार रुपैयाँको लागतमा निमार्ण गरिएको समितिका अध्यक्ष बालचन राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार देउसीभैलो, समितिको वार्षिक लेवी तथा समितिका नयाँ सदस्य शुल्क संकलन गरी आर्थिक स्रोत जुटाइएको हो ।
उक्त अवसरमा १९ औं साधारण सभा तथा देउसी भैलो भेटघाट कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रमको अवसरमा बोल्नुहुँदै, नेपाल मगर संघ कास्कीका अध्यक्ष संगिता पुनमगरले मगर सामुदायको भाषा, संस्कार संस्कृति र भेषभुषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । विषेश अतिथि नेपाल मगर महिला संघ केन्द्रिय समितिका १२ मगराँत भाषिक उपाध्यक्ष फुल कुमारी थापा मगरले मातृभाषा प्रति चासो नहुँदा भाषा लोप हुने अवस्थामा पुगेको भन्दै, चिन्ता व्यक्त गर्नुभयो ।
उपाध्यक्ष मगरले सवै मगर सामुदायले आ–आप्mनो घरबाट मगर भाषा बोल्न सुरुवात गर्नका लागि आग्रह गर्नुहुँदै, जसले भाषा संरक्षणमा ठूलो टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समयमा मगर पोशाकमा आएको विकृति प्रति गुनासो पोख्दै, कार्यक्रमका वक्ताहरुले यस्ता विकृति हटाउनपर्ने र जसप्रति सवै सचेत रहनुपर्ने समेत आग्र गर्नुभएको थियो ।कार्यक्रममा नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु रानामगर, नेपाल मगर युवासंघ बगर–१का अध्यक्ष विमला थापामगर, सगरमाथा टोल विकास संस्था पोखरा १६, का उपाध्यक्ष कमल गुरुङ लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन नेपाल मगर संघ दीप बगर ईकाई समितिका सचिव ज्ञानीसरा राना मगरले प्रस्तुत् गर्नुभएको थियो भने, कोषाध्यक्ष विकास थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत् गर्नुभएको थियो । समितिका अध्यक्ष बालचन राना मगरको अध्यक्षतामा समापन भएको कार्यक्रममा उपाध्यक्ष रेक बहादुर थापा मगरले स्वागत मन्तव्य र सह–सचिव चित्र वहादुर राना मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।