नेपाल तामाङ घेदुङ साइप्रसको आइतबार निकोसियास्थित सीतापार्कमा अध्यक्ष सुनी डिम्डुङ तामाङको सभाध्यक्षतामा सम्पन्न बैठकले संरक्षक,प्रमुख सल्लाहकार,सल्लाहकार,रिक्त सदस्य पदमा सदस्य नियुक्त तथा आउँदो मन्जुश्री सम्वत २८५९ तावर ल्हो(विरालो वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजना हुन लागेको सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम मनाउने जस्ता निर्णय गरेको छ ।
नेपाल तामाङ घेदुङ साइप्रसका महासचिव राजमान ग्लान तामाङकानुसार नेपाल तामाङ घेदुङ साइप्रसको संरक्षक नानू गोम्जा(सीता),प्रमुख सल्लाहकार लक्ष्मी ब्लोन,सल्लाहकारहरु साङमो थोकर,माया लोप्चन(मनमाया),शर्मिला लोप्चन,श्याम लो,ज्ञानुमाया तामाङ,रिक्त कार्यसमिति सदस्यमा सुरिना दोङ,शुभम योन्जन,सुजु दोङ तामाङलाई मनोनीत र आउँदो सोनाम ल्होछार तावर ल्होमा आयोजना हुने सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रमलाई भव्य रुपमा मनाउने निर्णय गरेको जनाएका छन् । सो बैठकमा संरक्षक,प्रमुख सल्लाहकार,सल्लाहकार,पदाधिकारी,अन्य सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।