Google search engine
Homeसमाचार | NEWSव्यापार | BUSINESSनेपाल एशोसियसन (एनआरएनए) युएई द्वारा प्रेश विज्ञप्ती जारी ।

नेपाल एशोसियसन (एनआरएनए) युएई द्वारा प्रेश विज्ञप्ती जारी ।

नेपाल एशोसियसन (एनआरएनए) युएईले कोभिड – १९ कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरु लाई नेपाल फर्काउन नेपाली राजदुतावास अबुधाबी युएई र नेपाल सरकार लाई युएई सरकारले १२ जुलाई २०२० देखी लागू गरेको नयाँ नियम बारे प्रेस विज्ञप्ति प्रकाशित गरि ध्यानाकर्षण गराएको छ।

नेपाल एशोसियसन (एनआरएनए) युएईले प्रकाशित गरेको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :-
पत्र संख्याः १५/०७/२०२०
मितिः १४/०७/२०२०
कोभिड-१९ का कारण विदेशस्थित अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउन नेपाली राजदूतावास, अबुधावी यूएइ र नेपाल सरकारले खेलेको भूमिकालाई धन्यवाद दिदैं यूएइ सरकारले जूलाई १२, २०२० देखि लागु गरेको नयाँ नियमबारे ध्यानाकर्षण गराउन चाहन्छौं ।

सो नियमले जूलाई १२, २०२० सम्म क्यान्सिल (रेजिग्नेसन, रिडन्डेन्सी, टर्मिनेशन, रिटाएर्ड, इल्लिगल) भइसकेकोे रेसिडेन्स भिषा र म्याद सकिएको भिजिट भिषा वाहकहरु ११ अगष्ट, २०२० सम्म आफ्नो मूलुक नफिर्किए कानून बमोजिन जरिमाना तिर्नु पर्ने (पहिलो दिनको १२५, नन् रिन्यूअल पेनाल्थटी र लिभ पर्मिट को २८७ फाइन, र हरेक दिन २५ रेसिडेन्स भिसा/१०० भिजिट भिषा) का दरले तिर्नु पर्नेछ ।
तसर्थ, महिनौ देखि बेरोजगार रहेका हजारौको संख्यामा रहेका नेपालीहरुलाई यो अप्ठ्यारो परिस्थितीबाट बचाउँन नेपाल सरकारलाई उद्धारका उडानहरु थप गर्न वा केही समयका लागि साधारण उडानको व्यवस्था गर्न हार्दिक अपिल गर्दछौं ।
नेपाल एशोसियसन (एनआरएनए), युएई  ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments