Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनिर्वाचनको आचर संहिता बारे अन्तरक्रिया कार्यक्रम समापन

निर्वाचनको आचर संहिता बारे अन्तरक्रिया कार्यक्रम समापन

निर्वाचनको आचर संहिता बारे अन्तरक्रिया कार्यक्रम समापन भएको छ । नागरिक संवाद केन्द्र गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा भएको कार्यक्रममा निर्वाचन अचारसंहिता २०७९ बारे, केन्द्रका अध्यक्ष जुना कुमारी गुरुङले प्रस्तुतीकरण गरेका थिए । स्वच्छ, निश्पक्ष र भयरहित निर्वाचनका लागि सवैले आ–आप्mनो जिम्मेवारी वहन गर्नुपर्ने बारे, कार्यक्रममा सहभागिहरुको जोड रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका मानव अधिकार अधिकृत टंक खनाल, इयोगका अध्यक्ष गिरीधारी सुवेदी, नियोग गण्डकी प्रदेश संयोजक विष्णु प्रसाद वराल र महिला मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक इन्द्रकुमारी शर्माले बोलेका थिए । त्यसैगरी राप्रपाका कार्यलय सचिव भानु भण्डारी, संकल्प प्रतिनिधि जुना केसी, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल र इन्सेक गण्डकी प्रदेश प्रतिनिधि रेनुका विक लगायतको उपस्थिती रहेका थिए । नागरिक संवाद केन्द्र गण्डकी प्रदेशका अध्यक्ष जुनाकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम अमिन परियारले सञ्चालन गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments