निम प्हच्यु तमु, तमु प्ये ल्हु संघ कास्कीको अध्यक्षमा निम प्हच्यु तमु निर्वाचित
१९, मंसिर २०७८, पोखरा । तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति कास्कीको चौबिसौं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन हिजो मंसिर १८ गते फ-लि-ना क्होइबो पोखरा-११ रानीपौवामा सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मन्जुदेवी तमूस्योको प्रमुख आथित्यतामा र तमु प्ये ल्हु संघ, जिल्ला कार्यसमिति कास्कीका कार्यवाहक अध्यक्ष निम प्हच्यु तमुको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको विशिष्ट अतिथिमा केन्द्रिय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमु, पूर्व अध्यक्ष क्या.रुप बहादुर गरब्जा तमु, गण्डकी प्रदेश समितिका अध्यक्ष उम बहादुर प्हच्यु तमु कास्की जिल्लाका पूर्व अध्यक्ष WO2 भिम बहादुर च्हम्रु तमु रहेका थिए ।
कोभिडका कारण समयमा अधिवेशन हुन नसकेको र एक वर्ष पछि भएको हिजोको अधिवेशनमा अध्यक्षको आकांक्षी बोकेको कार्यसमितिका निवर्तमान सचिव विष्णु भुज्जा तमु र कार्यवाहक अध्यक्ष निम प्हच्यु तमु बीच प्रजातान्त्रिक मुल्य मान्यता र विधि पद्धति अनुसार स्वच्छ प्रतिस्पर्धा मतदान प्रक्रियाबाट निम प्हच्यु तमु अध्यक्षमा निर्वाचित भएको हो ।
अध्यक्ष सहित कार्यसमितिको १७ सदस्यीय फ्रेममा प्रथम उपाध्यक्षमा बुद्धि प्रसाद क्रोम्छें तमु, द्दितिय उपाध्यक्षमा केम बहादुर ल्हों तमु, सचिवमा दुर्गा प्हच्यु तमु, कोषाध्यक्षमा अमर ल्हों तमु, सहसचिवमा क्या.डिक बहादुर म्होब्जे तमु र सहकोषाध्यक्षमा हिम बहादुर गरब्जा तमु रहेका छन ।
यसैगरी सदस्यहरुमा क्या.देब बहादुर तमु, धनमाया तमु, देवीमाया तमु, कमला तमु, डम्बर बहादुर तमु, रुपसिङ तमु, ह.सु.मे.नुन बहादुर तमु, भिम बहादुर तमु, आइतसिङ तमु र देब कुमारी तमु निर्विरोध निर्वाचित भएका छन ।
यसरी सम्पन्न भएको नवौं अधिवेशनको निर्वाचन मण्डलमा संयोजक कर्ण ङोप्छे तमु (कानुनी सल्लाहकार), सदस्यहरुमा भोजराज क्रोम्छें तमु (केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक) र पूर्णिमा तमु (केन्द्रिय महिला समितिका महासचिव) रहेका थिए, भने अध्यक्ष मण्डलमा केन्द्रिय समितिका पूर्व अध्यक्ष क्या.रुप बहादुर गरब्जा तमु, केन्द्रिय पूर्व कोषाध्यक्ष लक्ष्मण म्होब्जे तमु, गण्डकी प्रदेश समितिका अध्यक्ष उम बहादुर प्हच्यु तमु र पूर्व जिल्ला अध्यक्ष WO2 भिम बहादुर च्हम्रु तमु रहेका थिए ।